Logo

भारतले गर्यो कोरोना भाइरस सक्रमित नेपालीको उद्धार



 

काठमाडौं, फागुन १५ । भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज ९डायमन्ड प्रिन्सेस क्रुज०मा रहेका आफ्ना ११९ जना नागरिकसहित एक नेपालीको पनि उद्धार गरेको छ ।

भारत सरकारले बुधबार क्रोरोना भाइरस सक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो । उक्त जहाज १२४ जना यात्रु लिएर बिहीबार बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा ओर्लेको छ । उद्धार गरेर दिल्ली ल्याइएका यात्रुहरुमध्ये ११९ जना भारतीय र पाँच जना विदेशी नागरिक छन् । उद्धार गरिएका पाँच जनामध्ये दुई जना श्रीलंकाली र नेपाल, दक्षिण अफ्रिका र पेरुका एक–एक जना नागरिक रहेको भारत सरकारले जनाएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले एक जना नेपाली नागरिकको उद्धार गरिएको पुष्टि गरेको छ ।उनलाई दिल्ली छेउको हरियाणाको मानेसरस्थित सैनिक क्याम्पमा १४ दिनको क्वारेन्टाइनमा राखिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्