Logo

गोकुल बाँस्कोटाबारे राजन भट्टराईले के भने ? (भिडियोसहित)



काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले गोकुल प्रसाद बाँस्कोटाको प्रकरणमा सत्य, तथ्य के हो ? भन्ने कुरा छानबिन गर्न दिनुपर्ने सुझाव दिए । उनले भने,‘यो प्रकरणमा छानबिन हुँदैछ । छानबिनमा जे आउँछ, त्यसलाई सबैले मान्नुपर्छ । यो प्रकरणमा सरकार कहीँपनि चुकेको छैन् ।’ उनले गल्ती गर्नेहरु सजाय भोग्न तयार हुनुपर्ने जिकिर गरे ।

उनले भने,‘उहाँमाथि आरोप लागेपछि उहाँले राजीनामा दिएर छानबिनको लागि बाटो खोलिदिनुभएको छ । तर, अहिले नै उहाँलाई अपराधीजस्तो नगरौं भनेर प्रधानमन्त्रीले भन्नुभएको हो ।’ उनले मुलुकमा पछिल्लो २०, २५ वर्षमा के कति घट्ना भए रु र कसरी लुकाईयो रु भन्ने कुरा पनि पछिल्लो ललिता निवास प्रकरणको कुरा बाहिर आएपछि झन प्रष्ट भएको संकेत गरे ।

उनले भने,‘मुलुक कानूनी शासनअनुसार चल्छ । विधिको शासनले चल्छ । जो सुकै होउन, गल्ती गर्ने छुट कसैलाई पनि छैन् ।’ बाँस्कोटा प्रकरणमा पनि सत्य, तथ्य छानबिन हुनुपर्ने उनको भनाई छ । उनले भने,‘हामी प्रणालीलाई बढावा दिउँ । विधिको शासन बसाल्ने कुरा गरौं ।’



प्रतिक्रिया दिनुहोस्