Logo

एक सय अमेरिकी क्वारेन्टाइनमा



अमेरिका, फागुन १७ । कोरोना भाइरसको असर अमेरिका पनि परेको छ। अमेरिका रहेका धेरै कम्पनीले कोरोना भाइरसका कारण व्यवसायमा ठूलो असर परेको बताउँदै आएका छन्। अमेरिकी नागरिक संक्रमण हुन सक्ने त्रासमा दैनिकी गुजारिरहेका छन्। भीडभाडमा नजाने प्रयत्न भइरहेका छन्। चिनियाँ मूलका नागरिक बस्ने क्षेत्रमा विशेष असर परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

चाइनिज रेस्टुराँ तथा चिनियाँ अमेरिकी बस्ने क्षेत्रमा यसको बढी मार परेको भन्दै त्यो क्षेत्रमा नजाने, चिनियाँ देखिए रेस्टुरेन्टबाटै बाहिरिनेजस्ता अनौठौ दृष्य देखिन थालेको छ। चीन पुगेर पुनः अमेरिका फर्किनेबाट संक्रमण हुन सक्ने डरका कारण त्यस्तो अवस्था आएको हो।

हालै न्युयोर्कको लङआइल्यान्ड क्षेत्रमा ८३ जनालाई कोरोना भाइरसको आशंकामा अनुसन्धानका लागि क्वारेन्टाइनमा राखिएको छ। न्युयोर्क राज्यको नसाउ काउन्टीमा पर्ने लङआइल्यान्ड क्षेत्रका ती ८३ जनालाई अनुसन्धान गर्न लागिएको हो। उनीहरू चीनको भ्रमण गरेर फर्केका हुन्। दुई साता क्वारेन्टानमा राखिने स्थानीय स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

अमेरिकामा कोरोना भाइरसबाट कसैको ज्यान भने गएको छैन। एक सयभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। युनाइटेड एयरलाइन्स कम्पनीले सोमबार चीनमा अन्तिम गन्तव्य बनाएर हुने उडान बन्द गरेको छ।

एयरलाइन्स कम्पनीले ७५ प्रतिशत असर गरेका कारण उडान बन्द गर्नुपरेको उल्लेख गरेको छ। कम्पनीका अनुसार बेइजिङ, साङघाई र हङकङमा हुने उडान अप्रिल २४ तारिखसम्मका लागि बन्द भएका छन्। सोमबारसम्मको अध्ययनअनुसार क्रेडिट कार्ड कम्पनी मास्टर कार्डले सन् २०२० को पहिलो चौमासिक रिर्पोटबमोजिम व्यवसायमा ठूलै असर परेको उल्लेख गरेको छ। कम्पनीका अनुसार २ देखि ३ प्रतिशत व्यापार तल झरेको जनाएको अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्