Logo

दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुँदै प्रधानमन्त्री



काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपीशर्मा ओलीको आज दोस्रो पटक मृगौला प्रत्यारोपणको गरिने भएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि तयार रहेको अस्पताल स्रोतले जानकारी गराएको छ ।

प्रधानमन्त्री ओली आजै अस्पताल भर्ना हुने भएका कारण सरकार सञ्चालनमा अवरोध हुन नदिन कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी समेत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलाई दिएका छन् ।

नातामा ओलीकी ३२ बर्षीय भान्जीले मृगौला दिने जनाइएको छ । ती महिलाको नाम अन्जान घिमिरे हो भने हाल उनी राष्ट्रपती निवासमा कार्यरत रहेकी छन् । अन्जानको दाहिनेतर्फको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिने अस्पतालले जानकारी दिएको छ ।

नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा लगभग १३ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले अस्वीकार गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका थिए ।ओलीले यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्