Logo

गाँजा खुल्ला हुँदै



रिपोर्टर्स नेपाल, १९ फागुन । नेपालमा गाँजा उत्पादन र विक्रीवितरण खुल्ला हुने भएको छ । गाँजालाई कानुनी रुपमा लगाइएको प्रतिबन्ध अन्त गर्न संसदमा विधयेक दर्ता भएपछि खुल्ला हुने अवस्था बन्न लागेको हो ।

पूर्व कानुनमन्त्री समेत रहेका नेकपा सांसद शेरबहादुर तामाङले संसदमा गाँजा खुल्ला गर्ने सम्बन्धि गैरसरकारी विधयेक दर्ता गराएका छन् । यसका लागि उनले कानुन मन्त्रालयको अनुमति समेत लिएका छन् । विधयेकलाई गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक भनिएको छ ।

विधयेकमा किसानले आफ्नो जग्गामा गाँजाको खेती गर्न पाउनुपर्ने उल्लेख छ । तर त्यसको खरिद तथा व्यवस्थापन सरकारको तर्फबाट गरिनुपर्ने प्रस्ताव छ । गाँजाको उत्पादनका लागि अनुमति लिनुपर्ने विधयेकमा प्रस्ताव छ । विक्रीवितरणका लाग मूल्य निर्धारण र नियमनको विधि समेत प्रस्ताव गरिएको छ ।

विधेयकमा घरायसी प्रयोजनका लागि छ वटासम्म गाँजाको बोट उमार्ने, कपडा बनाउने वा त्यस्तै अन्य औद्योगक प्रयोजनका लाग रेसा उत्पादन गर्ने वा खाद्य पद्धार्थका रुपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन तथा विक्री वितरण गर्नका लागि निश्चित मापदण्डभन्दा कम प्रतिशत भएको गाँजा प्रजातिको भाँगकोखेती गर्न अनुमती लिनुनपर्ने उल्लेख छ ।

कसैले पनि अरुको जग्गामा गाँजा खेती गर्न नपाउने व्यवस्था छ । नेपालमा गाँजा खेती, उत्पादन र विक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ । यसलाई अवैध लागूऔषधको कोटामा राखिएको छ । तर, परम्परागत रुपमा गाँजाको प्रयोग हुँदै आएको छ । हिन्दु धर्ममा यसलाई शिवजीको बुटीका रुपमा प्रयोग गरिन्छ ।

विधेयक ल्याउनु अघि संसदमा विरोध खतिवडालगायतले गाँजा खुल्लाको विषयमा बोल्दै आएका थिए । संसदबाट पारित हुने सम्भावना बलियो भएकाले नेपाल पनि गाँजा खुल्ला हुने देशको सूचीमा पर्नेछ । यसअघि यूरोप र उत्तर अमेरिकाका कतिपय देशहरुले गाँजामा लगाएको प्रतिबन्ध खुल्ला गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्