Logo

यी हुन् ९२ खर्बको १८ गेमचेन्जर परियोजना



काठमाडौं, १९ फागुन । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनामा २२ वटा आयोजना १५ औं योजनामा समावेश गरेको छ । उसले उच्च प्राथमिकताका आयोजनामा एक सय १७ आयोजनामा समावेश गरेको छ । यी सबै आयोजनामा ९२ खर्ब २९ अर्ब २९ करोड रुपैयाँ लगानी लाग्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको सोमबार बसेको बैठकले गेम चेन्जरका रुपमा १८ वटा आयोजनालाई १५ औं योजनामा समावेश गर्ने निर्णय गरेको हो ।

गेम चेन्जर आयोजना
१. प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना
२. सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना
३. समृद्धिका लागि वन कार्यक्रम
४. जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भू–सम्बन्ध व्यवस्थापन कार्यक्रम
५. औद्योगिक पूर्वाधार विकास आयोजना
६. स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजना
७. सार्वजनिक विद्यालय सवलीकरण आयोजना
८. प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम आयोजना
९. राष्ट्रपति महिला सशक्तीकरण परियोजना
१०. माथिल्लो अरुण जलविद्युत् आयोजना
११. राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन आयोजना
१२. पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति आयोजना
१३. गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजना
१४. प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम
१५. नयाँ सहर विकास आयोजना
१६. सहरी करिडोर आयोजना
१७. डिजिटल नेपाल
१८. राष्ट्रिय परिचय पत्र तथा घटना दर्ता कार्यक्रम



प्रतिक्रिया दिनुहोस्