Logo

दश लाखभन्दा कम जनसंख्या भएका यी दुई देशको अन्तरीक्ष मिसन



एजेन्सी, २० फागुन । अमेरिका र रुसले अन्तरिक्षको मिसन चलाएको सय वर्ष पुग्न लागिसकेको छ । अन्तरीक्ष भन्ने वित्तिकै अमेरिका र रुसको नाम आउँछ । पछिल्लो समय चीन र भारत पनि अन्तरीक्षमा महत्वाकांक्षी योजनासाथ बढिरहेका छन् ।

यूरोपेली युनीयनसम्वद्ध देशहरुको आफ्नै अन्तरीक्ष मिसन छ । तर, लक्जेम्वर्ग र संयुक्त अरब इमिरेट्स (युएई) पनि अन्तरीक्ष मिसनमा छन् । यूरोपको सानो मुलुक लक्जेमवर्गको जनसंख्या छ लाखमात्र छ । खाडी राष्ट्र युएई प्रचुर स्रोत भएको देश हो । उसको जनसंख्या मात्र दश लाख छ । तर, यी देशहरु अन्तरीक्षको मिसनमा छन् ।

युएई मंगल मिसनमा छ । अमेरिका र जापन जस्ता देशसँग मिलेर उसले मिसन बढाएको छ । यसै वर्ष युएईका अन्तरीक्षयात्री हज्जा अल मन्सुरी अन्तरीक्ष पुगेर फर्किए । उनले अमेरिकी रुसी अन्तरीक्ष केन्द्रमा एक हप्ता बिताए । यसका लाग युएईले करोडौं डलर खर्च गर्यो । युएईले अन्तरीक्ष मिसनबाट आर्थिक लाभ समेत लिने गरी व्यवसाय शुरु गर्ने योजना बनाइसकेको छ ।

लक्जेमवर्गले व्यवसायिक अन्तरीक्षसम्बन्धि काम अगाडि बढाउने मिसन बनाएको छ । स्याटलाइट कम्पनिसँग मिलेर काम बढाएको छ । उसले स्याटलाइट अपरेशनबाट अन्तरीक्षमा रहेका छुद्र र अन्य वस्तुबाट स्रोतको दोहोनको योजना बनाएको छ । लक्जेमवर्गले अब पृथ्वीबाहिरबाट पनि स्रोत निकाल्ने महत्वाकांक्षी योजनामा आफूलाई बढाइसकेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot