Logo

अब कुनै हालतमा शेरबहादुरजीलाई सभापति हुनबाट रोक्छौं- रामचन्द्र पौडेल



काठमाडौं, २० फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि गम्भीर आरोपहरु लगाएका छन् । देउवालाई विगत देखि नै उल्टो काम गरेर हिंड्ने गरेको भन्दै उनीमाथि जहिले पनि प्रजातन्त्र र पार्टीलाई खतरामा पुर्याएको आरोप लगाए । देशको पछिल्लो राजनीतिक परिस्थिति र काँग्रेसभित्रको विवादबारे पौडेलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

यतिबेला प्रधानमन्त्री मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभएको छ, कस्तो शुभकामना दिन चाहनुहुन्छ ?
म र नेपाली कांग्रेसको तर्पmबाट उहाँको सिघ्र स्वास्थ्यलाभको कामना छ । देशको प्रधानमन्त्री आफ्नै देशको अस्पतालमा अप्रेसन गर्दै हुनुहुन्छ । उच्च साहसका साथ उहाँलाई वधाइ छ, अप्रेसन सफल होस् । छिट्ट स्वस्थ हुनुहोस् भन्ने शुभकामना छ ।
उहाँले सपनाहरु अलपत्र पारेर अलप हुन्न भन्नुभएको छ ?
उहाँको अठोट, संकल्प र इच्छाशक्तिको लागि बधाइ छ ।
त्यसोभए हाम्रा देशका शीर्ष नेताहरुले आफ्नै देशमा उपचार गर्दा हुन्छ भन्ने सन्देश गयो हो ?
मैले पनि त्यही अस्पतालमा उपचार गर्ने गरेको छु । टिचिङ हस्पिटल नै मेरो सधैं उपचार गर्ने ठाउँ हो ।
अबदेखि देशका गन्नेमान्ने व्यक्तिलाई विदेश जानु परेन ?
पर्दैन । सकेसम्म यही गरे हुन्छ । विशेषज्ञहरुसँग सल्लाह लिने मात्रै हो ।
हाम्रै देशका विशेषज्ञ डाक्टरहरु छन् ?
छन्, अभैm प्रगति गर्दैहुनुहुन्छ । पछिल्लो समय हाम्रै देशका राम्रा–राम्रा डाक्टरहरु तयार भइराख्नुभएको छ ।
देशमा कोरोना भाइसको प्रकोप बढ्न थाल्यो के गर्ने ? कांग्रेसले सरकारलाई सल्लाह दिँदैन समाधानका लागि ?
सरकारले प्रकोपयुक्त भाइरस निवारणका लागि आवश्यक हस्पिटलहरुको व्यवस्था गर्नुपर्यो । रोकथामका लागि आवश्क सतर्ककताहरु अपनाउनु प¥यो । खासगरी यो रोग कसरी पैmलिन्छ भन्ने ठम्याएर बाहिरबाट आउने यातायातलाई राम्रोसँग चेकजाच गर्नुपर्यो । कतिपय प्रभावित देशबाट आउने हवाइ यातायातलाई पनि बन्द गर्नुपर्यो ।
सरकारले त सगरमाथा संवाद बन्द गर्यो हवाइ यातायातलाई पनि कडाईँ गरेको चेकजाचमा होइन ?
यसबाट कसरी सुरक्षित हुने भनेर सबै नेपाली जनता, नेता, कार्यकर्ता सतर्कता अपनाउन एकजुट भएर लाग्नुपर्छ । यो सबैको चासोको विषय हो ।
नेपाली कांग्रेसभित्रको आन्तरक द्वन्द्व अभैm पनि मिल्न सकेन नि किन ?
खोइ हाम्रो सभापतिको कार्यशैलीले पार्टीभित्र सधैं द्वन्द्व मात्रै निम्त्याउँछ । उहाँले जुन बेलामा गर्नुपर्ने काम थियो । त्यो बेलामा नगर्ने समय सकिएपछि उल्टो–उल्टो काम गर्ने गर्नुहुन्छ । जसका कारणले समस्या उपन्न भइराखेको छ । अहिले सबै भ्रातृ संस्थाहरुको अधिवेशन सकेर यो वर्ष अधिवेशनतिर मात्रै लाग्नुपथ्र्यो । दुई वर्ष अघिदेखि भन्दै आएको छु, त्यतातिर विचार नगर्ने । चार वर्षअघि बनाउनुपर्ने विभाग अहिले बनाउने । मान्छेलाई पद दिएर, म मिडियालाई भन्छु, ‘अहिले मिडियामा केही बिस्फोट पनि भएको छ मेरो । त्यसमा मैले पद दिएर आपूm बलियो बन्ने प्रवृत्ति ठिक छैन, राम्रो काम गरेर पो आपूm लोकप्रिय हुने हो । पद बाँडेर खुसामत गरेर आपूm बलियो हुने काम मात्रै गरेर पार्टीभित्र विकृति ल्यायो । यो प्रवृत्तिले डेमोक्रेसीलाई नै क्षति पुगिरहेको छ । त्यसै भएर आपूm बलियो हुनका लागि मात्रै पद बाँड्ने प्रवृत्ति निन्दनीय छ ।
शेरबहादुर देउवाले यो त मेरो नैसर्गिक अधिकार हो जुन रामचन्द्र पौडेलसँग सल्लाह गरेरै गरेको भन्नुभयो नि ?
नैसर्गिक अधिकार हो त समयमै गर्नुपर्यो नि । उहाँ प्रधानमन्त्री हुँदा पनि ६२ जनाको मन्त्रिमण्डल बनाएर आफ्ना विशालता कायम गर्नुभयो । त्यस बेला पनि अधिकारकै प्रयोग गर्नुभएको हो । त्यस्तै अधिकारका प्रयोग गर्दागर्दै नेपालको प्रजातन्त्रमाथि यत्रो विकृति आयो । जसले गर्दा यत्रा सहिदहरुको बलिदान खेर गइरहेको छ । सारा सपुतहरुको सपना चकनाचुर हुँदैन छ । हिजो कुन सपना जनताले देखेका थिए । त्यसलाई आज कहाँ पु¥याइयो ? यसो गर्दागर्दै देशलाई कहाँ पु¥याउन खोजेको हो ?
कांग्रेसका सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल सकिएको छ, उहाँको कार्यकालमा कांग्रेसले ऊर्जा प्राप्त गर्यो कि गरेन ?
यस्तै–यस्तै उल्टो–उल्टो काम गर्ने मान्छेलाई सभापति चुनेर हामीले पनि गल्ती गरेका छौं नि ।
किन भने तपाईंहरु पनि त्यतिखेर सम्झौता गर्नुहुन्छ नि जतिखेर शेरबहादुर देउवालाई सपभाति बनाउनुपर्छ ?
सम्झौता गर्यो, गर्यो भन्छन् त्यसो भएर हामीले विभागै चाहिँदैन भन्यौ नि । नत्र भने विभाग पाएपछि खुरुक्क गर्यो भन्नुहुन्थ्यो तपाईंहरुले । त्यसो भएर विभाग गठन गर्ने अहिले होइन, त्यसमा हाम्रो सहभागिता र समर्थन हुँदैन भनेका हौं । यो काम समयमै गर्नुपथ्र्यो, गर्नुभएन अहिले त अब गर्नुपर्ने काम गर्नुहोस् । अब महाधिवेशन सम्पन्न गर्नतिर लाग्नुहोस् । यो अधिवेशनबाट कम्युनिस्टहरुसँग सामना गर्न सक्ने पार्टी बनाउनुप¥यो । जनताको अगाडि उभिने पार्टी बनाउनुपर्यो । नेपाली जनताको भरोसाको केन्द्र नेपाली कांग्रेसलाई बनाउनुप¥यो । अहिले त पार्टीलाई सक्षम बनाउनतिर पो लाग्नुपर्छ । त्यो नगरेर मान्छेलाई पदको लोभमा लोलोपोतो गर्ने बेला होइन ।
सभापतिले त वैकल्पिक केन्द्रीय सदस्य पनि थप्नुभएको छ नि ?
उहाँको त्यही हो त पद बाँडेर आपूm बलियो बन्ने । राम्रो काम गरेर लोकप्रिय बन्ने शैली कहिल्यै छैन । खाली मान्छेलाई दिएर खुसी बनाउने यसरी पनि पार्टी बन्छ । मैले पहिला पनि भनेको हो, ‘त्यो बेलामा उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, म सभामुख थिएँ, त्यतिबेला मैले ‘प्रधानमन्त्रीजी तपाईंले के गर्न खोज्नुभएको ? जसलाई पायो उसलाई मन्त्री पद दिने लौ लौ भन्ने यस्तो काम नगर्नुस्’ । बरु एमालेसँग सम्झौता गर्नुस, सिंगो राप्रपासँग सम्झौता गरेर कोलिसन चलाउनुस् तर यसरी व्यक्ति व्यक्ति तानेर बनाउने तरिका भएन । यसले मुलुकमा विकृति भयो । यस्तो विकृति नल्याउनुस् भन्दाभन्दै के–के काण्डहरु भयो त्यो बेला । अहिले पनि त्यस्तै भइराखेको छ । पार्टी र देशमा विकृति ल्याउने काम त गर्नुभएन नि ।
शेरबहादुर देउवाले त रामचन्द्र पौडेललगायतका नेताहरुले मलाई काम गर्दै दिएनन् भन्नुभएको छ नि ?
काम गर्न त म पनि पछि लागेको लागेकै छु । जागरण अभियानमा उहाँले पछि लाग भन्दा पछि लागेँ, अगाडि भन्दा अगाडि गएँ । चुनावमा पनि जहाँ भन्नुभयो त्यहाँ गएँ । पार्टीभित्र कार्यक्रमहरु जे लागु गर्नुपर्छ त्यसमा पुरै समर्थित भएर लागेको छु । हामीले जे गर्नुपर्छ त्यसमा सहयोग गर्दागर्दै पनि उहाँ उल्टो–उल्टो काम गर्नुहुन्छ । यस्तै कुराको पछि कति लागेर सकिन्छ । महासमिति अगाडिदेखि मैले महाधिवेशनको कार्यतालिका बनाएर जाँऔं, सुनौलो भविष्यको लागि समतामुलक काम गरांै भन्दा मेरा कुरा उहाँहरुले सुन्नुभएन । अनि अहिले आएर अधिवेशन सम्पन्न पार्नको लागि काम गर्ने बेला हो कि मान्छेलाई पद बाँड्दै लोभ्याउँदै गरेर हिड्ने बेला हो ?
अब कांग्रेसको भविष्यको कुरा गर्दा शेरबहादुर देउवाको क्रियाकलपप्रति तपाईंहरुको असन्तुष्टि छ ?
होइन म त सबै मिलेर पार्टीलाई राम्रो बनाऔं भनेर कति भन्छु, सम्झाउँछु मान्नुहुन्न ।
विभागमा तपार्इंहरु नबस्दा कांग्रेसलाई घाटा हुँदैन ?
के को घाटा हुन्छ ? अब अधिवेशन गरेर नेपाली कांग्रेस पार्टी बलियो बनाउने हो । यति बेला आएर विभागमा बसेर के हुन्छ ? त्यहाँ बसेर काम गर्ने हो, त्यो गर्ने समय छैन । अधिवेशन सम्पन्न गर्नलाई यतिबेला किन चाहियो विभाग ?
अब त शेरबहादुर देउवा त बलियो बन्नुभयो नि ?
विभागै बनाएर कति बलियो हुनुहुँदो रहेछ म पनि हेर्छु ।
शेरबहादुर देउवाको जुन गुट छ, त्यो त शक्तिशाली छ नि ?
त्यही गुटले त बिगारेको छ । एउटा व्यक्तिको लागि जब सम्पूर्ण गुट समर्पित हुन्छ । त्यसले प्रजातन्त्रलाई वाधा दिन्छ ।
देशैभरि जानुभएको तपाईंहरुसँग अब कविकल्प के छ त ?
पार्टीको अधिवेशन सम्पन्न गराउन हामीहरु दत्तचित्त भएर लागेका छौं । क्रियाशील सदस्यताको फारम पठाइएको छ । महिला, जनजाति, दलित, उत्पीडित, अल्पसंख्यक, आदिवासीलगायत सम्पूर्ण तह, तप्का, वर्ग, समुदायलाई समेटेर बनाइएको विधान छ नेपाली कांग्रेसको । त्यसलाई टेकेर सबै जनसमुदायलाई योगदानका आधारमा क्रियाशील सदस्य बनाइन्छ । त्यसबाट योग्य, सक्षम र इमान्दार मान्छेलाई पार्टीमा ल्यान्छ । त्यसबाट संगठनलाई बलियो र एकढिक्का बनाउने काम हुन्छ ।
क्रियाशील वितरणमा धाँधली हुन्छ नि ?
त्यस्ता धाँधलीलाई रोक्ने हाम्रा पनि मान्छे छन् । त्यसकारण कुनै ठाउँमा धाँधली हुँदैन ।
सक्नुहुन्छ क्रियाशील वितरणमा धाँधली रोक्न ?
त्यसलाई रोक्न इमान्दारीपूर्वक लाग्छौं । यदि यो मुलुकमा प्रजातन्त्रको भविष्य छ भने त्यसमा हामी सफल हुन्छौं ।
पार्टीभित्र पैसाको चलखेल बढेको हो, तपाईंले संकेत गर्नुभएको छ नि ?
त्यसमा पैसाको कुरा गरेको छैन । मैले त खाली पदको प्रभावमा पारेर आपूm बलियो हुने काम गरेको भनेको हो । तपाईंहरुले पत्रपत्रिकामा के के लेख्नुहुन्छ ।
पार्टीभित्र पैसाको चलखेल त बढ्छ नि ?
महाधिवेशनलाई प्रभावित पार्न पाइँदैन भनिराखेको छु मैले ।
त्यसोभए देशरबहादुर देउवाबाट महाधिवेशनलाई प्रभावित काम भइरहेको छ हो ?
भएको छ । यतिबेला पद बाँड्ने काम सबै महाधिवेशनलाई प्रभावित पार्ने हो ।
त्यसोभए कांग्रेस थप संकटमा गयो हो ?
त्यही संकलाई मुक्त गर्ने सिलसिलामा हामी छौं । यो संकटलाई हामी मुक्त गराएरै छाड्छौं ।
यसले मुलुकको लोकतन्त्रलाई नै संकटमा पार्दै न ?
हो, कांग्रेसमा विकृति आयो भने मुलुकको प्रजातन्त्रमाथि नै विकृति आउँछ ।
कांग्रेसभित्रको विवाद अन्य गर्न कसरी लाग्नुहुन्छ ?
त्यसको लागि हामी देशभरिका साथीहरुसँग भनिरहेका छौं । सबै नेता, कार्यकर्ता एकजुट भएर लाग्नुपर्छ । सभापतिजीले पनि अतितका गल्तीहरु नदोहो¥याउनुस् । १३ औं महाधिवेशनको गल्ती कसैले पनि नदोहो¥याउनुस् भनिराखेको छु ।
१४औं महाधिवेशनमा तपार्इंहरुको समूह एकभएर जान्छ ? त्यसमा विश्वास छ ?
सबै एक भएर जान्छ । त्यसमा मलाई विश्वास छ ।
त्यसोभए तपाईंहरु पदको लागि झगडा गर्नुहुन्न ?
हामी पदको लागि झगडा गर्दैनौं । मात्रै कजको लागि झगडा गर्छौं । पार्टीलाई बलियो बनाउन र कांग्रेसलाई कर्मशील बनाउनको लागि प्रतिवद्ध छौं । हामी जस्तोसुकै परिस्थितिको सामना गरेर कांग्रेस बनाउन लाग्छौं ।
तपाईंहरुसँग धेरै नेताहरु हुनुहुन्छ, आपैm शीर्ष नेता हुनुभयो, एकढिक्का हुन कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मुलुकमा लोकतन्त्रलाई स्थापित गर्ने जिम्मेवार पार्टी नेपाली कांग्रेसमा धेरै नेताहरु हुनुहुन्छ । सबैले आ–आफ्नो जिम्मेवारी लिएर काम गर्न मानिहाल्नु हुन्छ नि । उहाहरुको क्षमता अनुसारको भूमिका पार्टीभित्र हुन्छ ।
तपाईंहरुको समूहबाट जो बनेपनि एकजना मात्रै सभापति उम्मेदवार बन्ने ठोकुवा गर्न सक्नुहुन्छ ?
त्यो ठोकुवाका साथ भन्छु । हाम्रो समूहबाट एकजना मात्रै उम्मेदवार हुन्छ । अर्को चाहीं शेरबहादुरजीकै पक्षको हुन्छ ।
त्यसो भए तपाईंहरुको एकजना मात्रै हुन्छ ?
हाम्रो एकजना मात्रै हुन्छ । त्योभन्दा बाहेक शेरबहादुरजीको हुन्छ, त्यो कार्यकर्ताले बुझ्छन् यसपालि ।
त्यसोभए शेरबहादुरजीलाई सभापति बन्नबाट तपाईंहरु रोक्नुहुन्छ ?
हामी उहाँलाई सभापति बन्न दिँदैनौं । सबै दत्तचित्त भएर रोकेरै छाड्छौं ।
त्यसोभए तपाईं नेपाली कांग्रेसको सभापति बन्नुहुन्छ ?
जो बनेपनि हामी सबैजना सल्लाह गरेर सहमतिमा जान्छौं ।
तपार्इंहरुको बीचमा कसै फुट ल्याउन सक्दैन ?
कसैले सक्दैन ।
तपाईंहरुको दृढ संकल्प हो ?
हाम्रो दृढ संकल्प त्यहीं हो । मैले त साथीहरुलाई भन्देको छु । त्यसमा मेरो त एउटै चाहना हो । यो डुब्नलागेको कांग्रेसलाई एकढिक्का बनाएर जोडिदिने । त्यसभित्र नयाँ जग स्थापित गरेर छोडिदिने हो । अहिले म त्यसको लागि काम गरिराखेको छु ।
युवा पुस्ताको साथ तपाईंहरुलाई छ ?
अब सबैको साथ हुन्छ । नयाँ पुस्ता हामीसँगै छ । त्यो पुस्ताको व्यवस्थापन हामीले नै गर्ने हो ।
अब १४औं महाधिवेशनमा नयाँ नेतृत्व ?
हो । १४ औं महाधिवेशनपछि नेपाली कांग्रेसले नयाँ जीवन प्राप्त गर्छ ।
नेपाली कांग्रेसभित्र त्यसो गर्न धेरै गाह्रो छ नि ?
संकल्प, भिजन, मिसन चाहिन्छ केही गाह्रो छैन । त्यसको लागि नयाँ भिजन, सिमन चाहिन्छ । त्यो लिएर दृढ संकल्पका साथ अगाडि जाने हो । त्यो मिसन र भिजनका साथ आएको कांग्रेसले देशलाई विकृति, विसंगति र भ्रष्टाचारलाई मुक्त गराउने हो । नेपाली कांग्रेसभित्रका विकृतिलाई हटाउने हो । त्यति भएपछि यो मुलुकको राजनीति सफा हुन्छ । त्यसले नेपाली जनतामा राजनीतिप्रति पैmलिएको निरामा आसामा जगाएर आमजनतामा नेपाली कांग्रेसप्रति भरोसा जगाएर त्यसलाई भरोसाको केन्द्र बनाएर यो मुलुकको उद्दार गछौं । त्यसको माध्यबाट मुलुकको लोकतन्त्रलाई सार्थक बनाउँछौं ।
कांग्रेस कमजोर भयो, प्रतिपक्षके भूमिका संसद्मा खेल्न सकेन भन्छन् नि ?
हो, त्यही नेता हो, जहाँ म प्रतिपक्ष दलको सांसद थिएँ । के भएको थियो ? जहाँ प्रचण्डजी प्रचण्ड बहुमत लिएर आउनुभएको थियो, कस्तो भएको थियो ? त्यस्तै चाहिएको छ अहिलेको संसद् । त्यति बेला कस्तो भयो ? त्योबेलाको दृश्य सम्झनुस् त । हामीबाट त्यस्तो हुँदैन ।
तर, अहिले प्रतिपक्ष दलका सभापतिले संसद्मा कुरा राख्न सक्नुहुन्न ?
त्यही कारणले त पार्टी कमजोर भएको छ ।
नेपाली कांग्रेसलाई बँचाउने संजीवनी बूटी छ तपार्इंसँग ?
छ, छ एकदमै छ ।
त्यो संजीवनी बुटी के हो ?
नेपाली कांग्रेस आफ्नो स्पष्ट भिजन र मिसन लिएर अगाडि बढ्ने हो । यो लोकतन्त्र स्थापित गर्न जन्मेको पार्टी हो । यसले नेपालमा लोकतन्त्रलाई साकार पार्नुछ । नेपालको प्रगति लोकतन्त्रको माध्यमले गर्नुछ । नेपालमा आज जुन किसिको अवस्था छ वीपीले भन्नुभएको, समाजवादको नयाँ दन्दर्भमा जानु जरुरी छ, त्यसमा ‘निमुखालाई न्याय, विपन्नलाई आय’ दिने सशक्त कांग्रेस मुलुकमा चाहिएको छ । हामी प्रजातान्त्रिक समाजवादको व्यवस्था नेपालमा लागु गर्दछौं । त्यसबाट चौतर्फि प्रगति हामी नेपालको गराउँछौं ।
सत्तापक्ष र प्रतिपक्ष मिलेर देशमा भ्रष्टाचार भयो भनिन्छ नि ?
त्यही भएर म भनिरहेको छु । भ्रष्टाचारको जालो तोड्ने हो । त्यो जालो तोडेर देशलाई भ्रष्टाचार मुक्त गर्ने हो । त्यसैगरी देशलाई विभिन्न किसिमका विकृति र विसंगतिबाट पनि मुक्त गर्ने हो । अहिलेको मूल एजेन्डा नै त्यही भइराखेको छ ।
खानाको लागि शीर्ष नेताहरुबीच पनि सम्झौता हुन्छ रे नि ?
कुर्सीका लागि तीनतिर हुन्छन् । ठूला–ठूला कारोबारका लागि एकै ठाउँमा हुन्छन् । मैले त्यो भन्देको हो ।
त्यसलाई रोक्न तपाईंहरुसँग सामथ्र्य छैन ?
त्यसैलाई रोक्नको लागि म लड्ने हो । मेरो मूल एजेन्डानै त्यही हो, त्यसैको लडिरहेको छु ।
त्यसोभए भ्रष्टाचार विरोधी अभियानमा लाग्नुहुन्छ ?
लाग्छु । पहिला पनि लागेको हो, अहिले पनि लाग्छु । म सँधैं भ्रष्टाचार विरोधी अभियानमा लागिराखेको हो ।
हाम्रो देशमा भ्रष्टाचारीहरुले नेताहरुलाई किन्छन् नि ?
त्यस्तो किन्ने र किनिने दुवैलाई पाखा लगाएर नेपाललाई अगाडि बढाउनुपर्छ ।
यहाँ धेरै कमिसनखोर भएको तपाईंलाई थाहा छ नि ?
त्यस्तै कमिसनखोरहरुबाट नेपाललाई मुक्त गराउने मान्छे चाहिएको छ । अहिले म यही आन्दोलनमा छु ।
भ्रष्टाचार विरोधी आन्दोलनको नेतृत्व तपाईं गर्नुहुन्छ ?
म गर्छु । भ्रष्टाचार विरुद्ध र विकृति विसंगति विरुद्ध म जेहाद छेड्ने हो ।
त्यो जेहाद छेड्न तपाईंलाई सबैको सहयोग छ पार्टीभित्र ?
सहयोग आउँछ । राम्रो काम गर्दै जानुभयो भने सहयोग हुन्छ ।
तर नेपाली कांग्रेसभित्र परिवारवाद हावी छ नि ?
त्यस्तो केही हुँदैन । फेरि सबैका योगदान छन् नि यहाँ त । यो लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस ७० वर्ष लडेर छ । त्यसमा कतिको योगदान छ । त्यसमा कति मानिस मरे, कति सपुत भए, कति घरबार बिहीन भए, कतिको जीवन र जवानी गयो, कतिको त सारा परिवार र श्रीसम्पत्ति गए, त्यसैले यो पार्टीमा सबैको ठूलो योगदान, बलिदानी र लगानी छ ।
कांग्रेसमा त कोइराला, गणेशमान, विमलेन्द्र निधिको परिवारको कुरा आउँछ नि ?
हो, नेपाली कांग्रेसमा कोइराला परिवारको असाध्यै ठूलो योगदान छ । त्यस्तै गणशमान, किसुनजी महेन्द्र नारायण निधीको पनि योगदान छ । त्यसैले नेपालमा महान विभूतिहरुको पार्टी हो नेपाली कांग्रेस । आज म कृष्णप्रसाद कोइरालाको सम्झनामा आयोजित कार्यक्रममा म विराटनगर जाँदैछु । उहाँ नेपालको आधुनिक युगको जन्मदाता हो । जसले यो मुलुकको लागि तीनवटा प्रधानमन्त्री जन्माउनुभयो । उहाँको सम्झनामा विराटनगरमा कार्यक्रम छ ।
विराटनगर त प्रजातान्त्रिक आन्दोलनको भूमिको पनि हो नि ?
हो, विराटनगरबाटै कोइराला परिवारको सक्रियतामा नेपालमा प्रजातन्त्रको विकुल फुकिएको हो ।
त्यसबेला कांग्रेस र क्युनिस्टहरु एक थिए, मनमोहन अधिकारी पनि त्यहींको हुनुहुन्थ्यो ?
त्यहाँबाट राम्रो–राम्रा मान्छेहरुको जन्म भएको थियो । एकसेएक देशको लागि योगदान दिने । जस्तो वीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, भरतमोहन अधिकारलगायत त्यही जन्मेका हुन् । अर्का कमल कोइराला मेरै साथी हुनुहुन्थ्यो । अहिले पनि आफ्ना विचारहरु दिइराख्नुभएको छ । त्यसैले विराटनगर छुट्टै महत्व छ । नेपालमा आधुनिक लोकतन्त्रको नौलो बिहानी त्यहीबाट आएको हो ।
नेपाली कांग्रेस बँचाउन सफल सल्यक्रिया चाहिन्छ भनेका छन् त्यो सल्यक्रिया गर्न तपाईं सफल हुनुहुन्छ ?
त्यो सल्यक्रिया गर्न सक्छु । मैले भनेको छु, ‘देशलाई भ्रष्टाचार, विकृति, विसंगति मुक्त बनाउने मेरो अठोट हो’ । मेरो बाँकी रहेको जीवन त्यसैको लागि समर्पित गर्ने हो ।
कांग्रेसभित्रको विकृति अन्त्य गर्न सक्नुहुन्छ ?
त्यो गर्ने हो । त्यसैको प्रयत्न म लागिरहेको छु ।
डनका कुरा पनि कांग्रेसभित्र आएका छन् ?
केही छन्, यस्तै व्यक्ति पार्टीभित्र आएर पार्टीलाई बिथोर पानी धमिल्याइदिएका छन् । पार्र्टी लाई वर्बाद गरेका छन् । त्यसका बाबजुद पनि पानी सङलो बनाउने हो ।
अब शेरबहादुर देउवा सभापति बन्न सक्नुहुन्न ?
खोइ उहाँले सभापति बन्ने काम पार्टीभित्र कति गर्नुभएको छ । त्यो पार्टीका कार्यकर्ताले मूल्यांकन गर्छन् ।
उहाँलाई हराउन सक्नुहुन्छ ?
यो हराउने जिताउने भन्दा पनि अब पार्टीको भविष्यको पोजिन नै नेपाली कांग्रेसले गर्ने हो । अब पार्टीगत स्टिमको भविष्य कहाँ छ ? यतिराम्रो सिद्धान्त र भविष्य भएको पार्टी आज कहाँ पुग्यो । यसबाट कसरी मुक्ति पाउने, कसरी पार्टीलाई बँचाउने भन्ने आम कार्यकर्ताको चिन्ता छ ।
शेरबहादुर देउवा त हरेक तहमा बहुमतमा हुनुहुन्छ नि ?
त्यही केन्द्रीय समितिमा त हो नि, अन्त कहाँ छ बहुमत ?
केन्द्रीय समितिबाहेक अन्त बहुमत छैन ?
केन्द्रीय समिति त उहाँले भर्ती गरेको बहुमत हुनेभयो अन्त कहाँ छ ?
केन्द्रीय समितिको बैठकमा जानुहुन्छ कि बहिस्कार गर्ने ?
अब त अधिवेशन सम्पन्न गर्नुछ । बहिस्कार मात्रै गरेर कहाँ हुन्छ । उहाँले गरेको विभागलाई हामीले माने यस्ता कुरा गरिराख्नुहुन्छ त्यही हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot