Logo

डिआइजी दरबन्दी कटौतीको तयारीले प्रहरीमा खैलाबैला



काठमाडौं, २० फागुन । नेपाल प्रहरीमा डिआइजीको दरबन्दी कटौतीको प्रक्रिया चलेको छ । यसले प्रहरीभित्र खैलाबैदा भएको छ । डिआइजी बढुवाका लागि एसएसपीहरु दौडधूप गरिरहँदा दरबन्दी कटौती प्रक्रियाले खैलाबैला भएको हो ।

यसअघिका आइजीपी सर्वेन्द्र खनालका ब्याची एआइजी र डिआइजीले अवकाश पाएपछि र तीन डिआइजीको बढुवा भएपछि दुई दर्जनभन्दा बढी डिआइजीको दरबन्दी खाली छ । बढुवाका लागि एसएसपीहरु शक्तिकेन्द्र धाइरहेका बेला कटौतीको कुरा चलेपछि उनीहरु तनावमा छन् । सिनियर ब्याचबाटै १६ जना एसएसपीहरु प्रतिस्पर्धामा छन् । बढी संख्यामा दरबन्दी खाली भएकाले तीनवटा ब्याचका एसएसपीहरु बढुवाको प्रतिष्पर्धामा छन् । अचानक दरबन्दी कटौतीको विषय आएपछि धेरैजना निराश हुनथालेका छन् ।

हाल प्रहरीमा डिआईजीमा ३४ दरबन्दी छन् । त्यसमध्ये कतिपय दरबन्दी आवश्यक नभएको भन्दै गृहमन्त्रालयले कटौती प्रस्ताव गरेको हो । प्रहरी संघीयतामा गएपछि करिब एक दर्जन डिआईजीको दरबन्दी अनाबश्यक हुने भएकाले बढुवा अघि नै कटौती गर्न लागिएको हो । तर, यसरी एक्कासी कटौती गर्दा प्रहरी अधिकारीको करिअरमा असर पर्ने भन्दै प्रहरी महानिरीक्षकले मानेका छैनन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot