Logo

बेलुकीपख मेघ गर्जन र चट्याङसहित वर्षा



काठमाडौं, फागुन २१ । पश्चिमी वायुको प्रभाव बढ्दैजादा देशका केही स्थानमा आज पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार देशको पुर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र पश्चिमको पहाडी भूभाग आंशिक बदली रहने महाशाखाद्वारा जारी सन्देशमा उल्लेख छ।

मध्य तथा पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

मध्यायनपछि देशको पुर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भूभाग आंशिक बदली रहनेछ। तराई भूभाग सामान्यतय सफा रहने छ। मध्य तथा पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

आज राती देशको पुर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू९भाग आंशिक बदली रहनेछ। तराई भूभाग सामान्यतय सफा रहने छ। मध्य तथा पूर्वी पहाडी भू९भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्