Logo

पौडेल समुहमा पहिरो, देउवातिर गएपछि सिटौलालाई प्रदिपले धोका दिए (भिडियोसहित)



फागुन २१, काठमाण्डौ । महाधिवेशनलाई लक्षित गरी नेपाली कांग्रेसका नेताहरु गुटगत भेलामा केन्द्रित भएका छन् । कहिले मिल्ने कहिले झगडा गर्ने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पछिल्लो समय फेरी पानी बाराबारको स्थितीमा पुगेका छन् ।

गुटगत राजनीतिलाई प्रश्रय दिँदा नेताहरु पनि गुट परिवर्तन गरिरहेका छन् । १३ औँ महाधिवेशनमा तेस्रो धारको रुपमा उभिएर सभापतिको उम्मेदवार बनेका कृष्ण सिटौला केही दिनअघिसम्म वरिष्ठ नेता पौडेल पक्षमा देखिएका थिए ।

तर अहिले फेरी सिटौला देउवातिर लागेका छन् । सिटौला देउवासँग मिल्न आइसकेको देउवा निकट नेता गोपालमान श्रेष्ठले बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले रामचन्द्र पौडेल पक्षधर अरु नेता पनि आफ्नो पक्षमा ल्याउने दावी गरेका छन्

तर सिटौला पक्षका नेताहरुले पनि उनको साथ छोड्न थालेका छन् । केही समयअघिसम्म राामचन्द्रको पक्षमा देखिएका सिटौला अहिले देउवातिर गएको भन्दै प्रभावशाली नेता प्रदिप पौडेलले सिटौला पक्ष छोडेका छन् ।

सिटौलाले देउवालाई साथ दिएकोमा पौडेलको असन्तुष्टि रहेको बुझिएको छ ।

यसैबीच आजै नेपाली कांग्रेसका असन्तुष्ट नेताहरुले उपसभापति विमलेन्द्र निधिले डाकेको प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका थिए । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय सभापति देउवाले एकलौटी रुपमा विभाग गठन गरेकोमा असन्तुष्ट पौडेल पक्षधरका नेताहरुले यस्तो निर्णय गरेका हुन् ।

https://www.youtube.com/watch?v=wAuVI1G5tpk



प्रतिक्रिया दिनुहोस्

Screenshot