Logo

यीनले फुली थप्ने कहिले ?



काठमाडौं, २२ फागुन । नेपाल प्रहरीमा तीन डिआइजी एआइजीमा बढुवा सिफारिश भएको एक हप्ता पूरा हुँदैछ । १५ फागुनमा प्रहरी प्रधान कार्यालयले बढुवाको सिफारिश गरेकामध्ये शैलेश थापा क्षेत्री अझै प्रवक्ताकै जिम्मेवारीमा छन् ।

थापासहित हरिबहादुर पाल र तारिणी लम्साल पनि फुली थप्ने प्रतिक्षामा छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको बढुवाको टुंगो लगाएन । बढुवामा तीनै जनाको पक्कापक्की नै छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि अस्पतालमा रहेकाले केही समय लाग्ने भएको छ ।

बढुवाको सिफारिश भएकाहरुले अझै केही समय कुर्नुपर्ने भएको छ । उनीहरुले अर्को हप्ता फुली थप्न पाउने सम्भावना भने रहेको छ ।
लम्साल आइजीपी ज्ञवालीकै ब्याची हुन् । उनी आइजीपीसँगै असारमा अवकाश पाउनेछन् । त्यसपछि शैलेश थापा र हरि पालबीच आइजीपीको कडा प्रतिष्पर्धा हुनेछ ।

यसैगरी, २२ डिआइजीका लागि ३४ एसएसपीहरुको प्रतिष्पर्धा चलेको छ । तर, डिआइजीको दरबन्दी घटाउने तयारी भएकाले समय लाग्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्