काठमाडौं, फागुन २३। पश्चिमी वायुको प्रभावले आज नेपाली आकास बादलले ढाकेको छ । मौसममा आएको बदलीसंगै सक्रियसमेत भएका कारण शुक्रबार पश्चिमी क्षेत्रमा हावाहुरी,चट्याङ र असिनासहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पुर्वी तथा मध्य पहाडी भू–भागमा आज चट्याङसहित असिना पानी पर्ने सम्भावना बढदै गएकोसमेत महाशाखाले सुचना जारी गरेको छ ।
प्रि मनसुन भित्रिएसंगै नेपाली आकासमा बादल भरिदै गएको र उक्त प्रभावले देशभरको मौसममा नै प्रभाव देखिको हो । उक्त प्रभाव आज बढि सक्रिए देखिएकाले यस अवधिमा हावाहुरी, चट्याङ, असिना पानीको सम्भावना बढेको महाशाखाको भनाई रहेको छ ।
पश्चिमी पहाडी भूभागमा आज बर्षाका साथमा हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन समेत महाशाखाले सचेत गराएको छ । मौसममा आएको परिवर्तनले आज काठमाडौंमा समेत हावाहुरीसहित असिना पानी पर्ने सम्भावना देखिएको छ ।