Logo

सात कक्षाको विद्यार्थीले राखे नासाको मङ्गल रोभरको नाम



एजेन्सी, २३ फागुन । नासाको सन् २०२० को मङ्गल रोभरको न्वारान भएको छ । यसको नाम पर्सिभेरेन्स राखिएको छ ।

नाम राख्न खुल्ला प्रतिष्पर्धा गराइएको थियो । नासाले अमेरिकाभरबाट २८ हजार जनाबाट नाम पाएको थियो । जसमध्ये सातौं कक्षामा अध्ययन गर्ने अलेक्जेन्डर माथर विजयी भए । उनैले पठाएको नाम छनोटमा पर्यो ।

नाम चयनका लागि ४७ सय स्वयंसेवक जजहरु सहभागी थिए । १५५ जनालाई अन्तिम चरणमा लगेर अनलाइन भोटिङ समेत गरिएको थियो । विजेता बनेका माथर मङ्गल मिसनको रकेट प्रक्षेपण हेर्न यसै वर्षको गर्मी महिनामा फ्लोरिडास्थित केपी कानभेरल एयर फोर्स स्टेशन पुग्नेछन् ।

यसअघि नासाको रोभरको नाम स्कुलका विद्यार्थीले पठाएकोबाट राखिएको थियो । सन् २०१२ मा मङ्गल रोभरको नाम क्युरिओसिटी राखिएको थियो । सन् १९९७ को रोभरको नाम सोजोर्नर र २००४ को स्पिरिट एन्ड अपरच्युनिटी रोभर राखिएको थियो ।-Photo: NASA 



प्रतिक्रिया दिनुहोस्

Screenshot