Logo

प्रधानमन्त्रीको अस्पताल बसाइ लम्बिने



काठमाडौ, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब १० दिन त्रिबि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयुमा राखिने भएको छ । धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितीमा उपचारमा संलग्न चिकित्सकहरु रहेको छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

६९ वर्षिय प्रधानमन्त्री ओलाीलाई शुक्रबार आईसीयुमा हिँडडुल गर्न गराइएको थियो । भात र मासुको झोल दिइएको थियो । बिहान उनले चिया–बिस्कुट खाएका थिए । यस्तो शल्यक्रियामा नियमित प्रक्रियाअन्र्तगत नै बिरामीलाई हिँडडुल गराइन्छ । यहि गतिमा सुधार हुँदै गयो भने ७ देखि १० दिनसम्ममा उहाँलाई डिस्चार्ज गर्छौ । प्रधानमन्त्रीको निजि चिकित्सक डा. दिव्यासिह शाहले भनिन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot