Logo

हाडीगाउँमा मन्दिर निर्माण कार्यको शिलान्यास सम्पन्न



फागुन २४, काठमाडौँ । राजधानीको हाडीगाउँ स्थित कोटाल टोलमा कुमार कात्तिकेय भगवती मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ । शनिवार नेकपा केन्द्रिय सदस्य एवम् बाग्मति प्रदेशसभा सदस्य नारायण सिलवालले सो मन्दिर निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

परापूर्वकालदेखिको कलात्मक शैलीमा रहेका मठ, मन्दिर, देवल जस्ता सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हाँडीगाउँमा भूकम्पपछि क्षति भएका र वर्षौ पुराना जीर्णोद्वार संरचनाहरुको पुनःनिमार्णको कार्य अगाडी बढिरहेको बेला कात्तिकेय भगवती मन्दिरको पनि पुर्णता पाउँदै छ ।

पुरातत्व विभागको समन्वयत्मक भूमिकामा रु. १ करोड ९ लाख बजेटमा निर्माण हुन लागेको त्यस मन्दिर आ.व. २०७७ पुस मसन्ताभित्र सम्पन्न गराउनुपर्ने छ । लिच्छवीकालिन मठ, मन्दिरहरु रहेको त्यस क्षेत्रमा विशेष मेला, पर्व तथा जात्राहरु भइरहने प्रचलन छ । जात्रा पर्वहरुमा आफ्नो मनो कामनासहित पूरा हुने गरेको स्थानीयहरुको भनाई छ ।

काठमाडौँ महानगरपालिका वडा नं. ५ मा रहेको त्यस मन्दिरको शिलान्यास कार्यक्रममा सोही वडाका अध्यक्ष रमेश डंगोल, संविधानसभा सदस्य रत्न गुरुङ, नेकपा स्थानीय नेता गणेश श्रेष्ठ लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot