Logo

भ्याए जाँच, नभ्याए पास



काठमाडौँ, २८ फागुन । विराटनगरको रानी नाकामा कोरोना भाइरस संक्रमण परीक्षणका लागि हेल्थ डेक्स राखिएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार हेल्थ डेस्कको सुरुआत गरेका थिए।

सीमा नाका र हवाईमार्गबाट विराटनगर प्रवेश गर्नेको संक्रमण जाँच्न हेल्थ डेक्स स्थापना गरे पनि प्रभावकारी छैन। मन लागे हेल्थ डेक्समा जाने र परीक्षण गर्ने नलागे सरासर नेपाल प्रवेश गर्नेको संख्या नाकामा उच्च छ। स्वास्थ्यकर्मीको संख्या कम र उनीहरू आफैं पनि कोरोना सर्छ कि भनेर डराएका कारण परीक्षण प्रभावकारी छैन।

नाकामा विराटनगर महानगरपालिकाले हेल्थ डेस्क राखेको हो भने विमानस्थलमा सामाजिक विकास मन्त्रालयले महानगर र नागरिक उड्डयन सँगको सहकार्यमा डेस्क राखेको छ। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्