Logo

दक्षीण कोरियामा कोरोना संक्रमणको संख्या बढ्दै



एजेन्सी, २८ फागुन । दक्षीण कोरियामा कोरोना संक्रमित व्यक्तिको संख्या निरन्तर बढी रहेको छ । कोरोना संक्रमित व्यक्तिको संख्या केहीदिन यता २४२ पुगेको जनाइएको छ । हालसम्म दक्षीण कोरियामा उक्त भाइरसको संक्रमणमा सात हजार सात सय ५५ जना मानिस प्रभावित भएको दक्षीण कोरियाली स्वास्थ्य मन्त्रीले जनाएका छन् ।

विगत २४ घण्टामा उक्त भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या छ पुगेको छ । उक्त भाइरसको संक्रमणबाट ४१ जना मानिस उपचारपछि सकुसल धर फर्केका छन् । दक्षीण कोरियामा कोरोनाको महामाही सुरु भएपश्चात दुई सय ८८ जना मानिस उपचारपछि सकुसल घर फर्केको तथ्यांक सार्वजनिक भएको छ ।

गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण रुस लगायत सय देशहरुमा फैलिएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभर स्वास्थ्य आपतकालिन समेत घोषणा गरिसकेको छ । चीनबाहेक दक्षीण कोरिया, इरान र इटलीमा उक्त भाइरसको प्रभाव अत्याधिक मात्रामा देखा परेको छ ।

चीनमा उक्त भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या तीन हजार एक सय पुगेको जनाइएको छ । उक्त भाइरसको संक्रमणबाट ६० हजार मानिस उपचारपछि सकुसल घर फर्केका छन् । विश्वभर एक लाख १० हजार मानिस उक्त भाइरसको संक्रमणमा परेको जनाइएको छ । Photo Source : TASS



प्रतिक्रिया दिनुहोस्

Screenshot