Logo

कोरोना भाइरस आउँछन् जान्छन्- जितेन्द्र सोनल, प्रदेश नं २ का मन्त्री



काठमाडौं, २८ फागुन । प्रदेश नं २ का मन्त्री जीतेन्द्र सोनलले प्रदेशमा दुई दिन होलीको बिदा दिनुको कारण बताए । उनले जस्तोसुकै रोग फैलिएपनि भारतसँग सीमा जोडिएको नाका बन्द गर्न नसकिने बताए । सोनलसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
प्रदेश नं. २ को सरकारले होलीको नाममा किन दुई दिन बिदा दियो ?
प्रदेशले एक दिन बिदा दिएको हो । एक दिन त नेपाल सरकारले पहिलादेखिको बिदा हो । नेपाल सरकारले दुई दिन बिदा दिन्छ त्यो एक दिन पहाडको लागि र अर्को एक दिन तराईको लागि दिने गरेको थियो । जब प्रदेश सरकार बनेपछि छठ र होली पर्वमा १÷ १ दिन बिदा थप गरेका छौं ।
नेपाल सरकारको विदाले पुगेन तपाईंहरुलाई प्रदेश सरकारको बिदा किन चाहियो ?
छठ र होलीमा हाम्रो २ दिनको पर्व हुन्छ । छठ दुई दिनको हुन्छ एउटा बिहानको घाट र अर्को साँझको घाट नेपाल सरकारले साँझको घाटमा मात्र बिदा दिने गरेको छ । विहानको घाट पनि एकदमै महत्वपूर्ण भएकाले त्यहाँ बिदाको आवश्यकता थियो । त्यस्तो होलीमा पनि भोलिपल्टको विधि र प्रक्रिया छ । त्यसमा दुई दिन बिदा त्यो विधि र प्रक्रियामा भाग लिएर आ–आफ्नो काममा फर्कन पनि सजिलो हुने हुदाँ पहिला १ दिनको बिदामा हामीले खल्लो महसुस गरिरहेका थियौं । त्यसैले छठ र होली पर्वका लागि १-१ दिन बिदा प्रदेश सरकारको तर्पmबाट थप गरेका हौं ।
विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको छ, जनता एक दिन पनि होली मनाउन सकिराखेका छैनन् अनि दुई दिन किन बिदा चाहियो ?
संक्रमण पनि छ, साथै आदिम कालदेखि मनाउँदै आएको कुरालाई सास्वत रुपमा लिनुपर्छ । कोरोना भाइरसहरु आउँछन्, जान्छन् । त्यसले अन्तर्राष्ट्रिय रुपमा सन्त्रास पैmलाएको छ । अहिले विश्व नै त्राहीत्राही छ, दुःखद् अवस्था हामी पनि छौं । त्यसबाट हामीले सतर्कता अपनाएर अगाडि बढ्नुपर्ने अवस्था चाहिं छ । यसलाई स्थानीय, प्रदेश र केन्द्र तीनवटै सरकारले अत्यन्त गम्भीर रुपमा लिएका छन् । सावधानको लागि ठाउँ–ठाउँमा चेकजाँच बढाइएको छ । त्यसकारण परम्परागत रुपमा मनाउँदै आएको पर्वलाई यसमा जोडेर हेर्नुहुँदैन । यो एकआपसमा भाइचाराको सद्भाव बढाउने पर्व हो । जस्तोसुकै दुःख, कष्ट, त्रासको वातावरणलाई भुलाएर एकअर्कामा खुसी साटासाट तथा शुभकामना दिने । जसको कारणले सामाजिक जीवनमा नयाँ ऊर्जा स्थापित गर्न मद्दत पुग्द छ । पर्व मनाइरहँदा जसरी अहिले रोगको संक्रमणको काल त्यसलाई मध्येनजर गरेर सचेतनापूर्वक ठिक तरिकाले मनाउनुपर्छ । त्यसमा हामीले भनिरहेका छौं । एकअर्कामा जीउमा जीउ नमिलाउने, ठूलो भिडभाड, ग्यादरिङ नगर्ने, खानपानमा ध्यान दिने गर्दै रोगबाट जोगिने गरी अगाडि बढ्नुपर्छ ।
तराईका सीमाना त सबैतिर भारतसँग जोडिएको छ, सरकारले बन्द गर्नुपर्छ भन्दाभन्दै तपाईंहरुले खुल्ला गर्नुभयो होइन ?
यसरी सीमानाहरु बन्द गर्दा हामीले समस्या भएको ठाउँमा दृष्टि पु¥याउनुपर्ने हुन्छ । त्यो समस्या सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय हवाइमार्ग र एयरपोर्टहरुमा छ । तराईका धेरै सीमाना त भारतको विहार राज्यसँग जोडिएको छ । त्यहाँ भएका गाउँवस्तीहरु एउटै संस्कार, संस्कृति, रितिरिवाज र परम्पराले बाँधिएका छन् । खाली एउटा बोर्डर लाइनले मात्रै छुट्टाछुट्टै ढंगले बाँडिएका छन् । जुन ठाउँमा हाम्रो जग्गा, वस्ती, गाउँ जोडिएको छ, ती ठाउँमा हामीले नियमन गरेर केही हुनेवाला छैन । त्यस्तो हुने भनेको दिल्ली, कतार, दुवै, चाइनालगायतका एयरपोर्टबाट हो । त्यहाँबाट आउने भनेको काठमाडौं एयरपोर्ट हो त्यहाँ कडा चेकजाँच गर्ने हो । एउटै हावापानी, रहनसहन भएको जोडिएको गाउँमा नियमन गरेर केही हुँदैन ।
भारतमा पनि कोरोना देखिएको छ नि ?
देखिएको छ, यसलाई हामीले अन्तर्राष्ट्रिय प्रकोपको रुपमा हेर्नुपर्छ । यसको मुख्य भित्रिने स्रोत भनेको हवाइ यातायात हो । अहिले पनि चाइनाबाट हवाइ जहाजहरु आइरहेका छन् । त्यसमा उहाँबाट यात्रुहरु आइरहेका छन् । त्यसलाई नियन्त्रण र नियमन गर्नुप¥यो । यसरी संक्रमित मुलुकबाट आएका यात्रुहरुलाई कसरी चेकजाँच गर्ने, कसरी क्वारेन्टाइमा राख्ने भनेजस्ता काममा ध्यान दिने हो । मैले यहाँ भन्न खोजेको गाउँहरु जोडिएको ठाउँमा न यसको कुनै समस्या छ, न पार्नेवाला छ । विश्वमै यसको समस्या भनेको अन्तर्राष्ट्रिय एयरपोर्ट, होटल, आगमनको भीडभाड भएको ठाउँमा नै समस्या पार्ने हो । त्यस्ता ठाउँमा बढी निगरानी र चेकजाँच गर्नुपर्छ ।
त्यसभए सीमाबाट खुलमखुला आवागमन गर्दा समस्या आउँदैन ?
यहाँको सीमा भनेको धेरै जसो गाउँले भरिका ठाउँमा छन् । जहाँ समान हावापानी, समान संस्कार, संस्कृति र खानपान भएकाले आगमनले कुनै समस्या देखिँदैन । असर हुने भनेको अन्तर्राष्ट्रिय एयरपोर्टहरु हुन् । जुन काठमाडौं त्रिभुवन एयरपोर्ट, दिल्ली एयरपोर्टहरु हुन सक्छन् । ती ठाउँबाट सिधौ उडान भर्ने काम भइरहेका छन् त्यो चाहीं तखरा हो । गाउँबस्ती जोडिएको ठाउँबाट केही हुँदैन । त्यसैले अन्तर्राष्ट्रिय उडान भर्ने ठाउँमा आगमन रोक्नुपर्छ । आइसकेपछि राम्रोसंग चेकजाच गर्नुपर्छ । त्यो भयो भने मात्रै हामीहरु सुरक्षित हुन सक्छौ ।
२ नं. प्रदेशको कुरा गर्दा जताततै भ्रष्टाचार र अनियमितता छ, सुशासनको प्रत्याभूति दिन सकेनन् भन्ने आरोप छ नि तपाईंहरुमाथि ?
हामीले जनताको अपेक्षा अनुसारको काम गरेका छौं । जनतामा प्रदेश सरकारप्रति ठूलो आशा र भरोसा राख्न सक्ने विश्वास दिन सफल भएका छांै । अहिले पनि यहाँ जनताको ठूलो आशा र भोरोशाको केन्द्र प्रदेश सरकार बनेको छ । स्थानीय सरकार पनि हामीसँग काम गर्न सन्तुष्ट छ । केन्द्रीय सरकारका दुईवटा नीतिमा केन्द्रित रहेर हामी काम गरिरहेका छौं । त्यो हो, एउटा सहकार्य र अर्को संघर्षको नीति । हामीले केन्द्र सरकारलाई संविधानको मर्म र भावना अनुसार योजना दिनुस् जुन विकास निर्माणका मूलभूत एजेन्डासँग मेल खाओस् । त्यसमा हामी तीन वटै सरकार मिलेर काम गरौं । अहिले हामीले केन्द्री सरकारसँग संघर्ष र सहकार्यको नीति लिएर अगाडि बढिरहेका छौं । यति हुँदाहुँदै पनि संघीय सरकारबाट जुन रुपमा सहयोग पाउनुपर्ने हो त्यो पाइरहेका छैनौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot