Logo

वामदेव कमरेडबारे कानुनअनुसार प्रधानमन्त्रीले निर्णय लिनुहुन्छ- डा. राजन भट्टराई



काठमाडौं, २८ फागुन । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै काममा फर्कने बताएका छन् । उनले कोरोना भाइरस फैलन नदिन आवश्यक तयारी सरकारले गरिसकेको बताए । भट्टराईसँग समसामयिक विषयमा ऋषि धमलाले गरेको विशेष कुराकानीः
देश यतिबेला कोरोना भाइरसको प्रभावमा छ, यसलाई नियन्त्रण गर्न सरकार कस्तो कदम चालेको छ ?
अहिले विश्व नै कोरोना भाइरसको प्रकोपमा छ । त्यसमध्ये कतिपय ठाउँ अत्यन्तै प्रभावित भएको छ । इटालीको सिंगो मुलुक नै यसबाट आक्रान्त बनेको छ । यो भाइरस चाइनाबाट सुरु भएको हो, त्यहाँ नियन्त्रणको प्रक्रियामा पुगेको छ । कोरियणलगायतका युरोपेली मुलुकहरुमा पनि यसको सन्त्रास पैmलिएको छ । तर, लक्कीली भन्नुस् अथवा साधनीपूर्वक चालिएका सचेतनाका कदमले नेपालमा अहिलेसम्म त्यसको प्रभाव छैन । एक जनालाई देखिएको भनेको पनि उपचारपछि घर फर्किईसकेको अवस्था छ । तर, यत्तिकै ढुक्क हुने अवस्था भने छैन । हामीको चाहीं हुँदैन भनेर मात्रै जानुहुँदैन । त्यसका लागि आवश्यक सावधानीहरु अपनाउन जरुरी हुन्छ । त्यसको लागि सरकार केही कदमहरु अगाडि सारेको छ । जस्तो पर्यटक आगमन, विदेशी भ्रमणहरु र आवश्यक जनचेतना जगाउने कामहरुमा सावधानी अपनाइएको छ । त्यसमा प्रदेशदेखि केन्द्र सरकारले आवश्यक आइसुलेसनका वार्डहरु खडा गर्ने काम गरेको छ । जसरी हामीले अन्तर्राष्ट्रिय विमास्थल, सीमानाहरुको चेकजाच, वैदेशिक रोजगारीमा रहेका नागरिकहरुको आगामन आदिमा पु¥याइएको चेकजाच र सुरक्षाका लागि अपनाइको सावधानीले प्रकोप रोकथाममा सहयोग पुगेको भन्ने लाग्छ ।
स्वास्थ्य मन्त्रीले त कोरोना संक्रमण भए आफ्नै घरमा बस्नु भन्नुभयो, जनताले आपैm घरमा बसेर नियन्त्रण गर्न सक्छ ? 
यसलाई यसरी बुझ्नुपर्छ । जुन व्यक्तिहरु त्यस्ता संक्रमित मुलुकबाट आएका उनीहरुलाई एयरपोर्टमा चेकजाच गर्दा संक्रम भेटियो भने सिधैं अस्पताल जानुपर्छ । त्यसको हेरविचार सरकारले गर्छ । आइसुलेसनमा राखेर त्यसको उपचार गर्छ । यसको संक्रमण भए पनि १४ दिनसम्म नदेखिन सक्छ । जो व्यक्ति त्यस्तो संसर्गबाट आएका छन् । आपूmमा देखिएको छैन चेकजाचमा पनि भेटिएन भने पनि आफ्नो सेल्फ क्वारेनटाइनमा बस्नुपर्छ भनिएको हो । आज सिंगो इटली सेल्फ क्वारेनटाइनमा छ । कसैलाई पनि हिड्डुल गर्न दिइएको छैन । अत्यावश्यक भन्दा बाहेक कसैलाई हिडडुल गर्न दिइएको छैन । केही स्टेप त चाल्नुपर्छ नि ।
वैदेशिक रोजगारीमा जानेहरु पनि रोकिएका छन्, कतारले पनि अब नेपाली कामदारलाई नलिने भनेको कसरी अगाडि बढ्ने ?
त्यो त स्वाभाविक कुरा हो नि । यसका असरहरु कुन–कुन क्षेत्रमा पर्छ हामीले बुझ्दै, हेर्दै जानुपर्छ । यो हाम्रा कारणले उब्जिएको समस्या होइन । यो समस्या विश्वको नेपालको मात्रै होइन । नेपालको लागि मात्रै उत्पन्न भएको परिस्थितिका रुपमा लिनु हुँदैन । यो सधैं भइरहन्छ भन्ने पनि ठान्नु हुँदैन । यसको रोकथामका लागि केही मुलुकहरु बढिनै कदम चालेका छन् । कसैले कमै कदम चालेका छन् । यस्ता प्रकोपको एउटा निश्चित समय हुन्छ । जसरी अहिले कतारले ११४ मुलुकलाई अन्तर्राष्ट्रिय उडान रोक्ने भनेको छ । यसलाई उसको आन्तरिक सावधानी अपनाउने कदमका रुपमा बुझेका छौं । यो निश्चित अवधिका लागि मात्रै हो । कामदार भनेको उसको अर्थतन्त्र बढाउनका लागि पनि चाहिने कुरा हो । हाम्रो देशको अर्थतन्त्र बढाउन मात्रै कामदार त्यहाँ गएका होइनन् । नेपाली बेरोजगार भएर कतारले माया गरेर बोलाएको होइन । हाम्रो लागि पनि आवश्यक उसका लागि आवश्यक भएर जाने गरेका हुन् । त्यसैले संक्रमण सामान्य हुनेबित्तिकै उसले पनि कामदार आवश्यक ठान्छ, हामी पठाउने छौं । अहिले दुवैको बराबर जस्तो अवस्थामा बन्द भएको हो । यो निश्चित अवधिका लागि मात्रै चालिएको सावधानी हो ।
बजारमा कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही हुन सकेन नि ?
अहिले जसरी अतिआवश्यक कुरा ग्याँस, खाद्यान्न, माक्स, औषधिलगायतका चिजहरुमा कालाबजारीया तत्वहरुले कृतिम अभाव सिर्जना गरेका छन् । जसले सर्वसाधारणलाई आतंकित बनाउने, निरासाा बनाउने काम गरिरहेका छन् । तिनलाई कडाभन्दा कारबाही सरकारले गरिरहेको छ । अभैm कारबाहीका प्रक्रियाहरु कडा बनाउँदै लगिएको छ । जहाँ संक्रमण नै देखिएको छैन । त्यहाँ बजार आतंकित पार्ने तत्वहरु सलबलाएका छन् । तिनको खोजी गरेर सरकारले हदैसम्मको कारबाही गर्नेमा सरकार कठिबद्ध छ । डियाले पनि परिस्थितिलाई समान्य बनाउनेतिर जानुपर्छ । नभएका समस्याहरु भयो भने के गर्ने, यसो भयो के गर्ने भनेर मानिसहरुलाई (ह्याबोक्रेट) वा मासिनहरुलाई आतंकित बनाउने आसयबाट हामी कसैले प्रस्तुत नहुँ । त्यसमा मिडियाको पनि सहयोग चाहिन्छ । जनताको पनि सहयोग चाहिन्छ । सरकारले त्यसको लागि उचित ध्यान पु¥याउने छ । हुँदैनभएको कुरालाई बजारमा हल्ला पैmलाएर मानिस आतंकित बनाउने कामतिर कोही पनि नलागौं । अहिले हामीहरु आतंकित हुनुपर्ने कुनै कारण छैन ।
हामीसँग आवश्यक सामग्रीहरु यथोचित मात्रमा उपलब्ध छ । आउने वस्तुहरु सुचारु रुपले आइरहेको छ । त्यसको लागि आवश्यक भण्डारण पनि गरिएको छ । तेस्रो आयात सप्लाईमा कुनै किसिमको समस्या आएको छैन भने कसरी बजारमा अभाव भयो ? जब सामान आउन कुनै ठाउँमा रोक लगाइएको छैन । हाम्रो मुलुकमा फेरि अहिलेसम्म संक्रमण पनि देखिएको छैन । अर्को कुरा हाम्रा छिमेकी मुलुकबाट भारत यसबाट धेरै प्रभावित छैन । जहाँबाट हामीलाई तेल, ग्याँस खाद्यान्न आउँछ त्यो मुलुकमा संक्रमणको पैmलावट छैन । चीनमा पनि लगभग नियन्त्रण भइसकेको घोषणा गर्नेतिर पुगिसकेको छ । औषधिमा पनि जसरी २६ वटा औषधि नदिने भन्ने हल्ला हुनेबित्तिकै हामीले पहल ग¥यौं । उहाँले हामी नेपालको लागि कुनै पनि औषधि अभाव हुन दिँदैनौं भनेको छ । अहिलेसम्म दैनिक आवश्यक चिजहरु आउन रोकिएको छैन । सधैंको जस्तो आइरहेको छ । रोग पनि आएको छैन अनि हामीहरु किन वातावरण बिगार्न खोजिरहेका छौ ?
प्रधानमन्त्री केपी शर्मको स्वास्थ्यस्थिति सामान्य हुन ६ महिना लाग्ने डाक्टरहरु भनिसके अब के गर्ने ?
डाक्टरहरुले उहाँलाई बाहिरी संक्रमणहरु हुन्छ भनेर २÷३ हप्तासम्म बढी निगरानीमा रान्ने भनेका हुन् । किन भने अहिलेको संक्रमणले पनि यस्ता बिरामीहरुलाई बढी संक्रमण हुन सक्छ । उलाई पुरै उपचार नै गरिरहनुपर्छ भनेको होइन । सावेधानी अपनाउनुपर्छ छ महिनासम्म जुन पनि संक्रमण हुन सक्छ त्यसैले धेरै ठूला सभा सम्मेलन, मिटिङ, भ्रमण गर्नुहुँदैन भन्नुभएको हो । त्यसको मतलब दैनिक अफिसको कामकाजै गर्न नहुने भनेको होइन । सामान्य अफिसको काम गर्नुहुन्छ भनेको हो । अनि सबै काम गर्न सभा सम्मेलन, भेला सबैतिर काम गर्न कति समय लाग्छ भन्दा त्यसको लागि चाहीं ६ महिनादेखि एक वर्ष लाग्छ भन्नुभएको हो ।
त्यसो भए प्रधानमन्त्रीले १ महिनापछि काम गर्न सक्नुहुन्छ त ?
प्रधानमन्त्रीको मनस्थिति एक महिना पनि पर्खिने खालको छैन । तर, डाक्टरहरुको सुझाव र हामी सबैको सावधानी के हो भने केही बैठकहरु अब डिस्चार्ज भएर गएपछि केही ठिस्ट्यान्समा बसेर सञ्चालन गर्न सक्नुहुन्छ । त्यसपछि केही बैठक र नियमित कामकाजमा लाग्न सक्नुहुन्छ । त्यसमा डाक्टरहरुले भिडभाड र नजिक रहनेमा सावधानी अपनाउनुपर्छ भन्नुभएको छ । २÷३ महिनापछि उहाँ रेगुलर कार्यक्रमहरुमा जान सक्नुहुन्छ । तर, पहिलाको जस्तो पूmलप्लेजमा आउन चाहीं ६ महिनादेखि १ वर्ष लाग्न सक्छ भनेर डाक्टरहरुले भन्नुभएको हो ।
त्यसोभए बालुवाटरबाट बाहिर निस्किन ६ महिनादेखि १ वर्ष लाग्छ हो ?
यो २-३ महिनापछि केही विदेश भ्रमणका कार्यक्रमहरु छन् । त्यसमा के गर्ने भन्दा डाक्टरहरुले त्याबेलासम्म उहाँलाई बाहिर जान रोकावट हुँदैन । त्यो समय भनेको उहाँ ठिक हुने पर्याप्त समय हो भन्नुभएको छ । अहिलेको कोरोना भाइरसका कारण के हुन्छ नत्र एक महिनाछसगरमाथा सम्मेलन थियो । हामीले प्रत्यारोपण गरेपछि त्यहाँ जान सक्नुहुन्छ कि हुन्न भन्दा डाक्टरहरु प्रत्यारोपण गरेपछि जान सक्नुहुन्छ भन्नुभएको थियो । हिजोको कार्यक्रममा पनि प्रधानमन्त्रीले काम चाहीं गर्न सक्नुहुन्छ । तर, सावधानी अपनाउनुपर्छ भन्ने कुरा डाक्टरहरुले गर्नुभएको हो ।
पहिलाको जस्तै सक्रिय भएर काममा फर्कन चाहीं ६ महिना लाग्नेभयो ?
त्यो चाहीं हिजो के सन्दर्भमा भन्नुभयो मैले ठ्याक्कै बुझेको छैन । अब यसको पूmल रिकोभरी कहिले भन्दा यस्तोको लागि हाल्छ नि ६ महिनादेखि एक वर्ष भनेको हो कि । यो फेरि डाक्टरी प्राविधिक विषय भयो त्यसैले मैले बोल्न उचित हुँदैन होला ऋषिजी ।
बालुवाटारमा नयाँ संरचना पनि बन्दै छ प्रधानमन्त्री त्यहाँ कहिले फर्कनुहुन्छ त ?
त्यो विषयमा डाक्टरहरुले हामी ठ्याक्कै मिति भन्नुभएको छ । अरु नर्मल स्थितिमा डिस्चार्ज गर्दा हुन्छ भन्ने भनाइ चाहीं रहेको हो । अलिकत बालुवाटारको तयारी र फेरि प्रधानमन्त्री बाहिर निस्किई सकेपछि निष्कृय बस्न नसक्ने उहाँको बानी पनि छ । त्यसले उहाँ अरु भन्दा अलिबढी डाक्टरको निगरानीमा बसेर मात्रै निवास गइदिए हुन्थ्यो भन्ने डाक्टरहरुको आसय रहेको छ । यति हुँदाहुँदै पनि उहाँले म जान्छु भन्नुभएको कुरा हामीले सुनेका छौं । त्यसैले केही दिनमा उहाँ फर्किनुहुन्छ ।
तपाईं, विष्णु रिमाल माधव नेपाललाई फकाउन थाल्नुभएको छ रे हो ?
त्यस्तो कुरा कसले सुनायो । हामीलाई त्यस्तो गर्नुपर्ने कुनै कारण पनि छैन । माधव नेपाल हाम्रो पार्टीको वरिष्ठ नेता हो । उहाँलाई हामीले फकाउँदैमा उहाँ फक्किने हामीले कुरा गर्दा ती कुरा उहाँले सुनिदिनुपर्ने होइन । उहाँ आपैmले देशको परिस्थिति हामीलेभन्दा बढी बुझ्नुभएको छ । उहाँहरुले नै बनाएर ल्याएको पार्टी हो । उहाँजत्तिको छवी भएको नेतालाई कसैले फकाउने, तर्साउ, धम्क्याउने गर्छ भन्ने पनि होइन । र, यस्ता टिप्पणी गर्नु उचित हुँदैन जस्तो लाग्छ ।
प्रधानमन्त्री ओलीको समर्थनमा ल्याउन तपाईंहरु फकाउँदै हुनुहुन्छ रे ?
हाम्रो पार्टीभित्र विभिन्न बेलामा कहिले कहाँ उभिने, कहिले कहाँ उभिने स्थिति रहेको छ । अहिलेसम्म हाम्रो पार्टीभित्रका कुनै नेता, कार्यकर्ता फलानोसँग नजिक, फलानो टाढा जस्तो देखिएन उभिएको अवस्था छैन । कुनै विषयमा माधव नेपाललगायतका केही नेताहरु प्रधानमन्त्रीको भन्दा फरक मत राखेर कुनै बेला उभिए होलान् । तर, सदाको लागि त्यही हो, त्यसैगरी उभिन्छन् भन्दा गलत हुन्छ । अर्को फेरि यतिका जनताले विश्वास गरेर जिम्मेवारी दिएका छन् । यो प्रधानमन्त्री एक्लैको लागि होइन । प्रधानमन्त्री यसको अगुवा मात्रै हो । नेकपाका नीति र सिद्धान्तलाई मानेर जनताले दिएको मत हो । त्यो नेकपाका सबै नेता, कार्यकर्ता र जनतालाई लागु हुन्छ । त्यसकारण जनताले नेकपालाई दिएको जिम्मेवारीलाई पुरा गरेर जानुनै नै नेकपाका नेता, कार्यकर्ताको जिम्मेवारी हो । २०४८ जनताले यसै गरी कांग्रेसलाई बहुमत दिएका थिए । उसले आफ्नै पार्टीभित्रको झगडाले गर्दा त्यो अवसर गुमायो । त्यसको अवसर नेकपाले पाएको छ । यस्तो अवसरलाई नेकपाले गुमाउनु हुँदैन । यो तहको बुझाई भएका नेताहरुले तलमाथि हुने गरी भूमिका खेल्छन् भन्ने मलाई लाग्दैन ।
केपी ओलीलाई अल्पमतमा पारेर प्रचण्ड अगाडि बढ्न खोज्दै हुनुहुन्छ नि ?
जनताले नेकपालाई दिएको अवसर जिम्मेवारीमाथि कतैबाट तलमाथि हुने गरी खेलवाड हुन थाल्यो भने । त्यसमा नेकपाका सबै नेताहरु कार्यकर्ता चनाखो हुने छन् । म पनि नेकपाको कार्यकर्ता हो अहिले प्रधानमन्त्रीको सल्लाहकार भएपनि । त्यही हिसावले भूमिका निर्वाह गर्नुपर्छ । दायाँबायाँ तलमाथि हुन खोज्यो भने हामी त्यसको खबरदारी गर्छौ, गर्दै आएको पनि हो । त्यसकारण नेताहरु त्यसरी जाने छैनन् । जसरी अहिले जनताले पाँच वर्षको लागि जिम्मेवारी दिएका छन् । त्यसलाई सबै नेताहरुले सुविचारित ढंगले पुरा गर्नेतिर लाग्नेछन् ।
अब राष्ट्रियसभाको सदस्यमा वामदेव कि युवराज खतिवडा ?
वामदेव कमरेडको सवालमा मैले धेरै पटक बोलिसकेको छु । यो नितान्त सरकार र राष्ट्रपतिको अधिकार विषय हो । नेकपाको सरकार भएकाले यसमा नेकपाले सुझाव र अनुरोध गरेको छ । त्यसलाई कसरी कार्यान्वयन गर्ने ? गर्दा हाम्रा संवैधानिक प्रावधानहरु के के छन् । कानुनले के भन्छन् ? यी सबै कुरालाई ध्यानमा राखेर प्रधानमन्त्री र राष्ट्रपतिले उचित निर्णय लिनुहुन्छ । बाहिरतिर यही विषयमा अब नेकपा यसो हुनेभयो, उसो हुनेभयो भनेर हौवाहरु पैmलाइएका छन् । नेकपा त्यति कमजोर छैन, यसको सहज रुपमा सही निकास दिने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot