Logo

डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह



चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वब्यापी माहामारीको रुप लिएको छ । यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्ध ठोस कदम चाल्न सम्पूर्ण देशहरुलाई आग्रह गरेका छन् ।

डब्लुएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयसले चीन बाहिर दुई सातामै कोरोना संक्रमितको संख्या १३ गुणाले बढेको जानकारी दिएका छन् । डब्लुएचओका प्रमुखले विश्वव्यापी रुपमा फैलिएको कोरोनाविरुद्ध ठोस कदम हाल्न आग्रह गरेका छन् । उनले भने, “उक्त भाइरसलाई नियन्त्रण र दमन गर्न सकिन्छ भन्ने कुरा कैयौं देशहरुले देखाइसकेका छन् ।”

चीनमा मात्रै उक्त भाइरसको संक्रमणबाट तीन हजार ३१३६ जनाको मृत्यु भइसकेको र ८० हजार ७५४ मा संक्रमण देखिएको छ । चीनमा कोरोना संक्रमणको संख्यामा व्यापक सुधार समेत आएको जनाइएको छ । चीनमा नियन्त्रण उन्मुख देखिएको कोरोना भाइरसको संक्रमण यूरोप हुँदै अमेरिका पुगेको छ । अमेरिकामा ३८ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूरोपेली मुलुकहरुको हवाई उडानमै प्रतिबन्ध लगाएका छन् । कोरोना भाइरसको संक्रमण विश्वका सय भन्दा बढी मुलुकमा देखिएको छ । कोरोनाको संक्रमण इरान, इटाली र दक्षिण कोरियामा धेरै प्रभाव देखा परेको छ । भारतमा समेत कोरोन संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । कोरोनाको संक्रमण भारतको ११ राज्य मा फैलिएको समेत जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot