Logo

चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं, फागुन ३० । नेपालमा सुक्रबारदेखि पश्चिमी वायूको प्रभाव पुनःसक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू-भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आशिंक भएको छ।

महाशाखाले आज विहान जारी गरेको बुलेटिनमा  मेघ गर्जन र चट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना भएको र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्