Logo

चिनियाँ राष्ट्रपति सीद्वारा कोरोना संक्रमित देशलाई सम्वेदना व्यक्त



एजेन्सी २ चैत : चिनियाँ राष्ट्रपति सी जीनफिङद्वारा दक्षिण कोरिया, इरान र इटालीका राष्ट्रपति समक्ष सम्वेदना व्यक्त गरेका छन् ।

चीनबाहके उच्च जोखिममा रहेको दक्षिण कोरिया, इरान र इटली कोरोनाको संक्रमणबाट मूत्यु हुनेको संख्या बढी भएको कारण चिनियाँ राष्ट्रपति सीद्वारा लिखीत सम्वेदना व्यक्त गरिएको हो ।चीठ्ठी लेखर सम्वेदना तीनवटै देशका राष्ट्रपतिलाई व्यक्त गरको जनाइएको छ ।

इटलीमा उक्त भाइरसको संक्रमणबाट २१ हजार एक सय मानिसहरु प्रभावित भएका छन् भने उक्त भाइरसको संक्रमणमा परी मूत्यु हुनेको संख्या एक हजार चार सय ४१ रहेको छ । भाइरसको संक्रमणबाट एक हजार ९ सय मानिसहरु उपचारपछि सुकुसल घर फर्केका छन् ।

त्यसैगरि इरानमा १२ हजार सात सय मानिसहरु संक्रमित र छ सय ११ को मूत्यु र उपचारपछि चार हजार तीन सय ३९ जना मानिस घर फर्केको छ ।
त्यसैगरि दक्षिण कोरियामा ८ हजार मानिस संक्रमित भएका छन् । ७५ जनाको मूत्यु भएको छ । भाइरसको संत्रमणबाट ८ सय ३४ जना उपचारपछि सकुसल घर फर्केका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्