Logo

युरोपका खर्चिला नौ राजपरिवार (कस्को कति खर्च)



एजेन्सी, २ चैत्र । युरोपका दशवटा देशहरुमा अझै राजसंस्था छ । राजा या रानी राष्ट्रप्रमुख हुने व्यवस्था छ । तर, यो कम खर्चिलो भने छैन । दश राजसंस्था रहेको युरोपका देशहरुमध्ये एउटाले मात्र राज्यकोषबाट खर्च पाउँदैन ।

युरोपमा सबैभन्दा खर्चिलो राजपरिवार बेलायतको हो । बेलायतको राजपरिवारको वार्षिक खर्च १० करोड सत्तरी लाख डलर छ । यो १२ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ । बेलायतको राजपरिवारको १९ सदस्यको खर्च राज्यकोषबाट बेहोर्ने गरिएको छ ।

मोनाकोको राजपरिवारको खर्च साँढे पाँच करोड डलर छ । नेदरल्याण्ड र नर्वेको राजपरिवारको खर्च झण्डै पाँच करोड डलर छ ।

बेल्जियमको राजपरिवारको खर्च डेढ करोड डलर रहेको छ । डेनमार्क र लक्जेमवर्गको एक करोड २० लाख डलर प्रतिवर्ष खर्च छ । स्पेनको ९० लाख, स्वीडेनको ८० लाख डलर प्रतिवर्ष खर्च छ । लिचटेनस्टेनको राजपरिवारले राज्यकोषबाट खर्च पाउँदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot