Logo

पेरुमा संकटकाल घोषणा, सीमा बन्द गर्न सरकारको निर्देशन



एजेन्सी, ३ चैत । कोरोना भाइरसको संक्रमणमा रोक लगाउन पेरु सरकारले संकटकालको घोषणा गरेको छ । पेरु सरकारले कोरोना संक्रमणको नियन्त्रण गर्न सम्पूर्ण सीमा समेत बन्द गर्ने घोषणा पेरुका राष्ट्रपति मार्टिन भिजकाराले जनाएका छन् । मन्त्रीपरिषदको निर्णय पश्चात उक्त कदम चालेको राष्ट्रपतिले जनाएका छन् ।

कोरोनाको उच्च जोखिममा रहेको पेरुमा भाइरसको नियन्त्रण गर्न र प्रभावकारी कदम चाल्न सीमा बन्द गरिएको जनाइएको छ । सीमा बन्द अगामी १५ दिनका लागि बन्द गर्ने जनाइएको छ । पेरुमा कोरोना संक्रमितबाट ७१ जना मानिसहरु प्रभावित भएको छ ।

कोरोना भाइरसको संक्रमणमा रुस लगायत एक सय २९ देशमा फैलिसकेको छ । मार्च ११ मा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घाषणा गरिसकेको छ । चीनबाहेक इरान, इटली र दक्षिण कोरिया उच्च जोखिममा रहेको छ । विश्वभरी भाइरसको संक्रमणबाट ५ हजार सात सय जनाको मूत्यु भएको तथ्यांकले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot