Logo

कोरोनाविरुद्वको प्रयोगात्मक औषधी निर्माण गरेको हङकङको दाबी



एजेन्सी, ३ चैत । हङकङले कोरोनाविरुद्वको प्रयोगात्मक औषधी निर्माण गरेको दाबी गरेको छ । हङकङ मेडिक्सले निर्माण गरेको रिमिडिजिर प्रयोगात्मक औषधीले कोरोनाविरुद्व लड्न सक्ने अनुमान हङकङ अस्पताल प्रधिकरणकी प्रवक्ताले लगाएकी छिन् ।

उक्त प्रयोगात्मक औषधीलाई हङकङ अस्पताल प्रधिकरणले उपचारमा प्रयोग गर्न अनुमति समेत दिएको छ । हङकङ अस्पतालले औषधीको प्रयोग गरिसकेको छ । प्रिन्सेस मार्गरिट अस्पताल, प्रिन्स अफ वेल्स अस्पताल र क्वीन मेरी अस्पताल समेतले उक्त औषधीको प्रयोग कोरोना संक्रमित मानिसमाथि गर्ने जनाइएको छ ।

पहिलो चरणको औषधीको निर्माण गिलियड साइन्स अमेरिकी फार्मा कम्पनीले गरेको थियो । औषधी इबोलासंग लड्न निर्माण गरिएको छ । हङकङ मेडिक्सले उक्त औषधीले कोरोना संक्रमित मानिसमा समेत प्रयोग गर्न सकिने जनाएको छ । उक्त प्रयोगात्मक औषधीको प्रयोग चीनले समेत गरिसकेको जनाइएको छ । औषधी कोरोना संक्रमित व्यक्तिमा प्रभावकारी हुने विषय ताइवानका वैजानिकहरुले जनाएका छन् ।

कुनै मानिसमा कोरोनाको संक्रमण देखापरेमा तत्काल अक्सिजन, एन्टीब्याटेरियल र आइ भी फ्लूड विशेषरुपमा दिइने गरिन्छ । त्यस पश्चात पनि संक्रमित मानिसमा सुधार नआए आइ.सि.यूूमा राख्ने व्यस्था गरिएको जनाइएको छ । भाइरस संक्रमित मानिसलाई संक्रमण कति मात्रा फैलिएको आधारमा उपचार हुने गर्दछ । हङकङमा भाइरसको संक्रमणबाट एक सय ४९ जना प्रभावित भएका छन् । त्यसमध्ये ६० जना अस्पतालमै रहेका छन् भने ६० जना उपचारपछि घरफर्केका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot