एजेन्सी, ४ चैत्र । भारतले ताज महल बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतको संस्कृति मन्त्रालयले ताज महल मार्च महिनाभर बन्दको घोषणा गरेको हो ।
विश्वकै महत्वपूर्ण मानवनिर्मित सम्पदा ताज महलमा हरेक दिन ७० हजारभन्दा बढी मानिस पुग्ने गरेका छन् । आगरामा रहेको ताज महल विश्वकै आकर्षणको केन्द्र हो । प्रेमको प्रतिक ताज महल अप्रिलबाट खुल्ने बुझिएको छ ।
भारतले भीसा बन्द गरेको छ । त्यहाँ एक सय भन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण भएको छ । ताज महल रहेको उत्तर प्रदेशमा पनि संक्रमण भेटिएको छ ।-File Photo