काठमाडौ, चैत्र ५ । घुस लिएको अभियोगमा भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र टेक्निसियनमाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
भेरीगंगा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत पौडेलको आदेश योजना र निर्देशनमा खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर के.सी.ले तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा दुई लाख घुस सहित नियन्त्रणमा लिई अनुसन्धान भएको थियो । उनीहरुलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।