Logo

‘कोरोना भाइरस फैलाएको’ भन्दै पश्चिमा जगतमा चीनलाई गाली



एजेन्सी, ६ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भने । उनले ट्वीटमार्फत् यसो भनेपछि पश्चिमा जगतमा भाइरसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ । क्रिस्टोफर कास्टिलाले चीनको पूर्वाधार रणनीतिलाई ‘वान बेल्ड वान रोड वान भाइरस’ नाम दिनुपर्ने भनी ट्वीट गरे ।

चीनविरोधी पोष्ट गर्दै आएका केही सामाजिक सञ्जालका समूहहरुले चीनले कोरोना भाइरस फैलाएको पोष्ट गरिरहेका छन् । केहीले चीनको वन वेल्ट वन रोडको रणनीतिमा ‘कोरोना भाइरस’ पनि थप्नुपर्ने भनेका छन् । कतिपयले मेड इन चाइना भाइरस समेत लेखेका छन् । क्याट अन ट्वीटरले व्यङ्ग्य गर्दै लेखेका छन्, ‘सँसारमा जनसंख्या नियन्त्रण गर्न योगदान गरेकामा चीनलाई धन्यवाद !’

चीनको विश्व अर्थतन्त्रमा प्रभुत्व जमाउने योजना खुलेको लेख्नेहरु पनि छन् । विशेषगरी पश्चिमा देशहरुबाट चीनका कारण भाइरस फैलिएको आरोप लगाइएको छ । चीनको वुआन प्रान्तमा पहिलोपटक देखिएको भाइरस सँसारभर फैलिइरहँदा सबैभन्दा प्रभाव पश्चिमा जगतमा पर्न थालेको छ । युरोप लकडाउन छ भने अमेरिकाले पनि त्यस्तै कदम चालेको छ । युरोप र अमेरिकाले चीनलाई कोरोना भाइरस संक्रमित संख्यामा उछिन्दैछन् । त्यहाँका बासिन्दाहरु निकै समस्यामा परेका छन् । मानिसहरुलाई घर बाहिर निस्कन दिइएको छैन । उनीहरुको आक्रोश चीनतर्फ फर्कन थालेको छ । जुन सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्