Logo

मेड्रिडमा ८० प्रतिशत जनसंख्या कोरोना भाइरस संक्रमित हुने



एजेन्सी, ६ चैत्र । स्पेनको राजधानी मेड्रिडमा कुल जनसंख्याको ८० प्रतिशत कोरोना भाइरसको संक्रमित हुने अनुमान गरिएको छ । मेड्रिड क्षेत्रका अध्यक्ष इसाबेल डियान आयुसोको भनाई उदृत गर्दै बीबीसीले भनेको छ कि दश जनामध्ये आठ जनालाई कोरोना भाइरसको संक्रमण हुनेछ ।

भाइरस स्पेनमा लामो समय सम्म रहने र संकटमा रहेकाहरु झन् समस्यामा रहने उल्लेख छ । जटिल परिस्थितिमा राखिएका सबै बेडहरु फुल भइसकेको उल्लेख छ ।

स्पेन युरोमा इटाली पछि बढी संक्रमित भएको देशमा पर्छ । त्यहाँ निकै ठूलो संकट परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot