Logo

पवनका छोरा फाँसीका मान्छे झुण्ड्याउने पुस्तेनी पेशामा आउन चाहँदैनन्



एजेन्सी, ७ चैत्र । निर्भया बलात्कारका चारजना दोषीलाई झुण्ड्याउने पवन जल्लाद दिल्ली नजिकैको उत्तर प्रदेशमा पर्ने मेरटमा बस्छन् । उनको परिवारमा सात जना सदस्य छन् ।

पवनको पुस्तेनी पेशा फाँसीको सजाय तोकिएकालाई झुण्ड्याउने हो । उनका हजुरबाबु लक्ष्मण र बाबु कल्लुले यही पेशा अपनाए । दुवैले भारतका कुख्यात अपराधीहरुलाई झुण्ड्याएका थिए । बाबु कल्लुले इन्दिरा गान्धीको हत्यारालाई झुण्ड्याएका थिए । झुण्ड्याउने काममा उनको पुस्तेनी इतिहास रहेको छ । त्यसैले तिहार जेलले उनकै नाम चयन गरेको थियो ।

पवनका छोरा पनि छन् । तर उनी फाँसी दिने जागिर नखाने इच्छा देखाएको इन्डिया टाइम्सले लेखेको छ । उनका छोरा सरकारी जागिर खान चाहन्छन् । पुस्तेनी पेशामा नआउने सोच बनाइसकेका छन् ।- Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्