Logo

झुण्ड्याइनु अघि बलात्कारका चार दोषीको अन्तिम क्षण



एजेन्सी, ७ चैत्र । भारतमा सन् २०१२ को डिसेम्बरमा भएको निर्भया बलात्कार घटनाका दोषीलाई आज फाँसी दिइएको छ । विहान साँढे पाँच बजे फाँसी दिइएकाहरु रातभर नसुती बिताए ।

टाइम्स अफ इन्डियाका अनुसार मुकेश सिंह ३२ वर्ष, अक्षय ठाकुर ३१ वर्ष, पवन गुप्ता २५ वर्ष र विनय शर्मा २६ वर्षले नसुती रात बिताएका हुन् । उनीमध्ये मुके र विनयले बेलुकाको खाना खाएका थिए । अक्षयले चीया मात्र पिएका थिए ।

विहान फाँसी दिनु अघि उनीहरुलाई नास्ता गर्न दिइएको थियो । चारजनामध्ये एकजनाले विहानको नास्ता गर्न मानेनन् । उनीहरुको अन्तिम इच्छा सोधिएको थियो । मुकेश सिंहले आफ्नो अङ्ग दानको इच्छा राखेर हस्ताक्षर जेल प्रशासनलाई दिएका थिए । विनयले चित्र कोरेर दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्