Logo

मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना



काठमाडौं, चैत ८ । पश्चिमि वायूको आंशिक प्रभावका कारण आज देशभरको मौसममा बदलि हुने देखिएको छ । स्थानिय वायुको प्रभावले शनिबार देशको पश्चिमि भू–भाग लगायत उच्च पहाडी भु–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीसहित देशको पूर्वी र मध्य भू–भागका १र२ स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । आज पहाडी भू–भाग र तराईका केहि स्थानमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको समेत महाशाखाद्वारा जारी सुचनामा उल्लेख छ ।

साथै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा भने सामान्यतया मौसम सफा रहनेछ जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot