Logo

आज यस्ता सेवा कार्यालय मात्र खुल्ने



काठमाडौं, चैत ९ । सरकारले देशभरिबाट सरकारी र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरेको घोषणा गरिसकेको छ ।

तर, शुक्रबार प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनलाई लिएर अझैपनि जनमानसमा कस्ता सेवा तथा कार्यालयहरु खुला हुन सक्छन भन्ने अन्यौता कायमै रहेको देखिन्छ ।

प्रधानमन्त्रीको सम्बोधनमा अत्यावश्यक सेवा मात्र खुला हुने भनिएकोले प्रष्ट नभएको भन्दै उपभोत्ताहरु सेवाको लाइन बस्न थालिसकेका छन् ।

तर,राजपत्रमा भने सरकारले जारी गरेका अत्यावश्यक सेवाअन्तर्गत जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा, सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा, हातहतियार, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानी सेवा,पर्यटनसँग सम्बन्धित सेवा, पेट्रोलियम, अस्पताल, एम्बुलेन्स, औषधी, फोहोर मैला, बैंकिंङ,बीमा,विद्युत तथा दैनिक उपभोग्य वस्तुसम्बन्धी सेवाहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्