Logo

हीरा कसरी बन्छ



मधुमाया कार्कीः हीरा पृथ्वी सतह देखी एकसय एकसट्ठी किलोमिटर गहिराईमा रहेको रुख बिरुवाहरुको जीवाबशेषमा पाइने कार्बन तत्वबाट बन्दछ । जहा चट्टानहरु पग्लिएर तरल पदार्थमा रहेका हुन्छन । सोही तरल पदार्थलाई म्याग्मा भनिन्छ । यसले कार्बनलाई हिरामा परिवर्तन गर्न चाहिने ताप र चाप प्रदान गर्दछ । कार्बन तिस किलोबार चाप र चारसय डिग्री सेल्सीयस तापमा उम्लीन्छ र ग्रेफाइट उत्पन्न हुन्छ ।

ग्रेफाइट सोही ताप र चापमा क्रिष्टल रुपमा परिवर्तन हुन्छ जसलाई हिराको जाली भनिन्छ । एकसय पचास किलोमिटर गहिराइमा धेरै भन्दा धेरै कार्बन तत्वहरु पचास किलोबार चाप र बाह्रसय डिग्री सेल्सीयस तापले खाँदिएपछी हिरा बन्दछ । हीरा शक्तिशाली ज्वालामुखीको विस्फोटनबाट बनेको किम्बरलाइट पाइपको माध्यमद्धारा पृथ्वीको सतहमा देखापर्दछ । अहिले देखिने हिराहरु करिब ३.३ अरब वर्ष पहिले देखी बन्न थालेका हुन्छन् ।

हीरा पृथ्वीको सतह तथा सतह नजिकै पाइन्छ । पृथ्वीको विभिन्न क्षेत्रमा विभिन्न प्रकारको हिरा निर्माण हुन्छ । ती यसप्रकार छन्ः

 पृथ्वीको आवरणमा निर्माण हुने हिराः भुगोलशास्त्रीहरुका अनुसार, पृथ्वीमा व्यावसायीक रुपमा चल्दै आएका सबै हिराहरु यस क्षेत्रमा निर्माण हुन्छन् र शक्तिशाली ज्वालामुखी विस्फोटनको कारणले पृथ्वीको सतहमा देखा पर्ने जनाएका छन् । पृथ्वीको यस क्षेत्रमा प्राकृतिक हिरा उत्पन्न हुन्छ ।

 पृथ्वीको क्रस्टमा निर्माण हुने हिराः पृथ्वीको यस क्षेत्रमा चट्टानयुक्त हिरा निर्माण हुन्छ । यो धेरै सानो हुन्छ र कम मात्रामा पाइन्छ । यस किसिमको हिरा व्यवसायीक रुपले उपयुक्त हुदैन ।

 पृथ्वीको क्रेटरमा निर्माण हुने हिराः पृथ्वी छुद्रग्रहसँग बारबार ठोकिएर निर्माण हुने हिरा यस क्षेत्रमा पाइन्छ । यो कम मात्रामा पाइन्छ र व्यवसायमा यसको कुनै भुमिका हुदैन ।

 अन्तरिक्षमा निर्माण हुने हिराः नासाका खोजकर्ताका अनुसार, अन्तरिक्षमा भएका केही उल्का पीण्डहरुमा धेरै संख्यामा अत्याधिक साना हिराका टुक्राहरु पाइन्छ । जसमा कार्बन तिन प्रतिशत मात्र हुन्छ । यस्तो हिरा कलकारखानाहरुमा प्रयोग गरिन्छ । यसलाइ हिराको स्रोत नै मानिन्छ ।

प्राकृतिक हिराको उच्च मुल्यका कारण भुगोलविदहरुले ल्यावमा कृत्रिम हिरा बनाउने विधिको विकास गरेका छन् । अमेरिकन खोजकर्ताहरुले सबैभन्दा पहिले सन् १९५० मा गे्रफाइट र पग्लिएको फलामबाट कसरी हिरामा परिवर्तन गरीन्छ भन्ने पत्ता लगाएका थिए । प्राकृतिक हिरा निर्माण हुने विधि प्रयोग गरेर ल्यावमा कृत्रिम हिरा बनाइन्छ ।

ल्याबमा कृत्रिम हिरा बनाउन कार्बनलाई उच्च ताप र चाप दिइ प्यारामिटरलाई कसिलो गरि नियन्त्रण गर्नुपर्छ । यसो गर्दा कार्बनले हिराको आकार लिन्छ । व्यवसायिक रुपमा हेर्दा कृत्रिम हिरा रासायनिक वाफ जमाइ बनाउने अर्को तरीका हो । यो विधि सामान्य छ ।यो विधिमा नियन्त्रित वातावरणमा हाइड्रोकार्बन (मिथेन, इथेन) ग्यासको मिश्रण गराइ हिरा निर्माण गरिन्छ । ल्याबमा हाइड्रोकार्बन ग्यासलाई उच्च ताप र चाप दिइ आणविक विच्छेदन गराइ कार्बन तत्व छुट्टयाइन्छ । यसपछि कार्बन हीराको क्रिष्टल रुपमा परिणत हुन्छ र तह तहका रुपमा देखापर्दछ । ल्याबमा यो विधिद्धारा हीरा बनाउन अठ्ठाइस दिन लाग्छ ।

प्राकृतिक हीरा विश्वको सबैभन्दा कडा ठोस पदार्थ भएपनि यो फेशनका रुपमा निकै प्रचलित छ । आधुनिक युगमा खासगरी हीरा धनी मानिसहरुले प्रायः विवाहमा प्रयोग गरेको पाइन्छ । प्राकृतिक संग्रहालय इतिहासका अनुसार, “हीरामा तामाभन्दा पाँच गुणा बढी ताप र विद्युत संञ्चालन गर्ने क्षमता रहेको छ । यसले विद्युतिय करेन्टलाई सजिलैसँग संञ्चालन र बन्द गर्न सक्छ । यसले अत्याधिक तापक्रम र रासायनिक जोखिम सहन सक्छ ।”

धारिलो हीरा प्रायः सुक्ष्म विद्युतिय परिपथ र सेमिकन्डक्टरहरु उत्पादन गर्न प्रयोग गरिने विशेष ड्रिल बिट्सको रुपमा प्रयोग गरिन्छ । उद्योग तथा कलकारखानाहरुमा ल्याबमा उत्पादित कृत्रिम हीराहरुको बढी प्रयोग हुन्छ । अहिले मानिसहरुले कृत्रिम हीरालाइ नक्कली गहनाका रुपमा बढी प्रयोग गरेको पाइन्छ । किनभने प्राकृतिक हीरा प्रकृतिमा कम मात्रामा बन्ने गर्दछ । एजेन्सीको सहयोगमा Photo Source : Study.com



प्रतिक्रिया दिनुहोस्

Screenshot