Logo

फ्रान्सबाट आएका नेपाली नागरिकमा कोरोना पोजिटिभ, मन्त्रीले गरे पुष्टि



काठमाडौं, १० चैत्र । फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको थियो । मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि उक्त कुराको पुष्टि गरेका छन् । उनले भने, हो,”रिपोर्ट पोजिटिभ आएको छ ।”

ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। उनकाअनुसार १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको थियो । मन्त्री ढकालले भने,‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं ।’ Photo By: Mukunda Kalikote/RCN



प्रतिक्रिया दिनुहोस्

Screenshot