काठमाडौं, १० चैत्र । पूर्व राजा ज्ञानेन्द्र शाह केही दिनअघि भारतको भ्रमणमा हुँदा अ‘जेड प्लस’ स्तरको सुरक्षा दिइएकोले नेपालका नेताहरु ज्यादा चिन्तित भएका छन् । जेट प्लस उच्च एवम् महत्वपूर्ण मानिने व्यक्तित्वलाई दिइने सुरक्षा हो ।
खासगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतमा पूर्व राजालाई दिइएको ‘महत्व’प्रति आफ्ना निकटस्थहरुसँग व्यापक चिन्ता प्रकट गरेको बुझिएको छ ।
त्यस्तै, शेरबहादुर देउवा, आरजु राणा र विमलेन्द्र निधि पनि भारतमा पूर्व राजालाई दिएको विशेष सम्मानलाई लिएर चिन्तित भएको बताइन्छ ।
स्मरणीय छ, गत फागुनको पहिलो साता भारत भ्रमणमा गएका पूर्व राजा सोही महिनाको १८ गते स्वदेश फर्किएका थिए । उनलाई नयाँ दिल्लीस्थित विमानस्थलमा उत्रिने वित्तिकै ‘जेट प्लस’ सुरक्षा दिइएको थियो ।
उनी बसेको प्रिन्सेस होटलको बाहिर ‘जेट प्लस’ सुरक्षा टोली अहोरात्र खटिएको थियो भने दिल्लीबाट पञ्जाबको अमृतसर पुग्दा र फर्कँदा पनि उनलाई सोही सुरक्षाको व्यवस्था गरिएको थियो ।
भारतमा रहँदा उच्चस्तरीय भेटघाट तथा छलफलमा सहभागी भएका पूर्व राजाबाट भारतीय संस्थापनका प्रभावकारी एवम् अति उच्च तहका नेताहरुसँग छलफल भएको बताइन्छ । कतिपय बैठक त सँगै दिल्ली पुगेका नीजि सचिव सागर तिमिल्सिनालाई समेत सुईँको नदिइकन भएको थियो ।
दिल्लीबाट फर्किएको दुई साता नबित्दै पूर्व राजा गत साता ९चैत्र २ गते० काठमाडौंबाट झापा प्रस्थान गरेका थिए । झापामा रहँदा पूर्व राजाबाट विभिन्न व्यक्तिहरुसँग भेटघाट तथा छलफल भइरहेको बुझिएको छ । उनीसँग काङ्ग्रेस नेता विपिन कोइरालाको पनि गम्भीर वार्तालाप भएको जानकारी प्राप्त भएको छ ।- घटना र विचारबाट