Logo

लकडाउनले मोटोपन बढाउने



काठमाडौं, १४ चैत्र । कोरोना भाइरसको जोखिम रोकथामका लागि सरकारले लकडाउन गरेका कारण जनजीवन प्रभावित छ । लकडाउनका कारण मानिसहरु नियमित काम र व्यायाममा निस्कन नमिलेको अवस्थाले मोटोपन बढ्ने सम्भावना देखिएको छ । विशेषगरी शहरी जनसंख्यामा त्यस्तो समस्या देखिने भएको हो ।

लकडाउनका कारण घरमै आराम गर्ने, व्यायाम कम हुने, नियमित हिंडडुल कम हुने मात्र नभई खानपिन पनि बढी हुनेकारण मोटोपनको सम्भावना बढेको हो । जिमक्लक, खेल स्थलहरु बन्द हुँदा कतिपय मानिसहरु घरमै व्यायाम गर्न थालेका छन् । तर, कतिपयले व्यायाम समेत रोकेको अवस्था छ ।

शारीरिक परिश्रम गर्नेहरु पनि बाहिर निस्कन पाएका छैनन् । यसले मानिसहरुमा बढी मोटोपनको सम्भावना देखिएको हो ।



प्रतिक्रिया दिनुहोस्