Logo

महालक्ष्मी नगरपालिकाको गाउँटोलमा युवाको पहलमा स्यानिटाइज (तस्बिरसहित)



ललितपुर, १४ चैत्र । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी स्थानीय आफैले स्याटिनाइज गरेका छन् । आज महालक्ष्मी नगरपालिका ८ को बिष्णुडोल र शंखादेवी क्षेत्रमा युवाहरुले स्यानिटाइज गरेका हुन् ।

रोकथामका लागि घरमै रहन सचेतना सहित युवाहरुले स्यानिटाइज गरेका हुन् । त्यस क्रममा त्यस क्षेत्रको सबै मुख्य र सहायक सडकमा स्यानिटाइज गरिएको छ ।

समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता विवेककुमार कार्कीका अनुसार गाउँ टोलमै अत्यावश्यक बाहेकमा कसैलाई बाहिर नजान र बाहिरबाट पनि मानिसलाई नआउन भनिएको बताए । वडाको बिष्णुडोलबाट, सिमथली, चारघरे, शंखादेवी, नेपालचौरलगायतका सबै क्षेत्रमा स्यानिटाइज गरिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्