Logo

को हुन् नेपालमा कोरोना संक्रमित चौंथो व्यक्ति



काठमाडौं, १४ चैत्र । नेपालमा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या चार पुगेको छ । आज अर्का संक्रमित धनगढीमा भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएपछि संख्या चार पुगेको हो ।

मन्त्रालयका अनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोभिड १९ भएको पत्ता लागेको हो । चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । यो उपत्यकाबाहिर पत्ता लागेको पहिलो रोगको केस हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएको विश्वस्त स्रोतले जानकारी दिएको छ । उनी कैलाली स्थायी घर भएका हुन् ।

११ चैत्रमा अस्पताल भर्ना भएपनि उनको स्वाबको नमूना परीक्षणका लागि पठाइएको थियो । परीक्षणका क्रममा आज साँझ आएको रिपोर्टमा कोभिड १९ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म संक्रमितमध्ये सबै विदेशबाट आएका छन् । चौंथो संक्रमित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्रिएर काठमाडौं हुँदै धनगढी पुगेको खुलेको छ । यसबाट उनी क कस्को सम्पर्कमा पुगे भन्नेबारे समेत अनुसन्धान अगाडि बढाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot