Logo

कोरोनाको कहरः १६ बर्षीय किशारीको मृत्यु,१०१ वर्षीय वृद्ध निको भए



एजेन्सी, चैत १५ । फ्रान्समा कारोना भाइरसको संक्रमणबाट फ्रान्समा एक १६ बर्षीय किशारीको मृत्यु भएको छ । फ्रान्सको एसोन क्षेत्रमा बस्‍ने जुली नाम गरेकी ति किशोरीको गत बुधबार निधन भएको हो ।

कोरोना संक्रमणबाट सबैभन्दा कम उमेरमा मृत्यु हुने उनी पहिलो फ्रान्सेली नागरिक भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । सामान्य खोकी लागेर अस्पताल भर्ना भएकी उनी यस अधि कुनै गम्भिर प्रकारका रोगबाट ग्रसित नभएको समाचारमा जनाइएको छ ।

तर, इटालीका १०१ वर्षीय वृद्ध व्यक्ति भने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

मिस्टर पी नाम दिइएका ती व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि गत साता उत्तर इटालीको रिमिनी अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनको स्वास्थ्यमा सुधार हुँदै गएपछि बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएको सिएनएनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्