Logo

कोरोना भाइरसः संक्रमित संख्या छ लाख नाघ्यो



एजेन्सी, १५ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या छ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार मृतकको संख्या झण्डै साँढे २७ हजार पुगेको छ ।

विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । कुल ६ लाख १ हजार ९ सय ६७ संक्रमित भइसकेकामा १ लाख ३३ हजार ५ सय १९ उपचार भई घर फर्किएका छन् । मृतकको संख्या २७ हजार ४ सय ५६ पुगेको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । त्यहाँ संक्रमित संख्या १०४२५६ पुगेको छ । त्यसपछि इटालीमा ८६४९८ र चीनमा ८१३९४ पुगेको छ । सबैभन्दा बढी इटालीमा ९१३४ र स्पेनमा ५१३८ पुगेको तथ्यांक छ ।

देश        संक्रमित
अमेरिका १०४२५६
इटाली ८६४९८
चीन ८१३९४
स्पेन ६५७१९
जर्मनी ५३३४०
फ्रान्स ३२९६४
इरान ३२३३२
बेलायत १४५४३
स्वीटजरल्यान्ड १३१३८
दक्षिण कोरिया ९४७८
नेदरल्यान्ड ८६०३
स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्

Screenshot