Logo

बालिका करणी गरेको अभियोगमा युवा पक्राउ



मुगु, १६ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा धर्मराज रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खत्याड गाउँपालिका २० वर्षीय रावललाई पक्राउ गरेको हो ।

ती बालिकालाई सोही ठाउँस्थित पानीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot