Logo

श्रमिकलाई दिल्लीमै रहन मुख्यमन्त्री केजरीवालको आग्रह



१६ चैत : दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्वदेशी तथा विदेशी कामदारलाई दिल्लीमा नै रहन आग्रह गरेका छन् । उनले सरकारले जस्तै कठिनाईमा पनि श्रमिकलाई वेवास्ता गर्न नसक्ने बताए । हामीले देश निर्माणमा अहम् भूमिका खेल्ने सबै श्रमिकलाई विपत्मा विर्सने छैनौ ।

उनले दिल्लीबाट भारतका अन्य राज्य तथा नेपाल र अन्य एशियाली मुलुकका लागि गाडीको व्यवस्थापन गर्न बसपार्कमा भेला भएको मानिसहरूलाई सङ्केत गर्दै यसले झन् समस्या निम्त्याउने बताएका थिए।

केजरीवालले भने, “लकडाउनको मन्त्र जो जहाँ छ त्यही रहने हो । यदि हामीले यसलाई पालना गरेनौँ भने हामीले कोरोनाभाइरस विरूद्धको लडाईलाई जित्न कठिन पर्नेछ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot