काठमाडौं, चैत १७ । सरकारले गरेको लकडाउनको अवज्ञा गर्दे सडकमा हिडडुल गर्नेलाई आज प्रहरीले आज तीन घण्टा नियन्त्रणमा राख्ने जनाएको छ ।
लकडाउनमा हिडडुल गर्न खोज्नेहरु बढेको जनाउदै आइतबार दुई घण्टा नियन्त्रणमा राखेको प्रहरीले आज तीन र भोली चार घण्टा नियन्त्रणमा राख्ने जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई सकडमै हिरासतमा राखिने छ ।
सोमबार बिहान ७ बजेसम्ममा उपत्यकाबाट मात्र सात सय भन्दा बढिलाई नियन्त्रणमा लिइसकेको पनि प्रहरीले जनाएको छ ।
ललितपुरबाट ७० जना र भक्तपुरबाट २० र अन्यलाई काठमाडौंबबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । त्यस्तै, ८४ वटा सवारी साधन समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।