काठमाडौं, चैत १८ । सरकारले थप गरेको लकडाउनको आठौं दिनमा अन्य दिनको तुलनामा घरबाहिर निस्कनेको संख्या बढेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार मंगलबार विहान लकडाउन अवज्ञा गर्नेमध्ये ६ सय भन्दा बढिलाई सडकमै होल्ड गरिएको छ ।
त्यस्तै, ७० वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाईएको छ ।नियन्त्रणमा रहेकाहरुमध्ये सबैभन्दा धेरै काठमाडौंमा रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर सडकमै खुला आकासमुनिको हिरासतमा राखिने र अन्य दिनको तुलनमा केहि समय समेत बढाएको प्रहरीले जनाएको छ ।
आइतबार दुई घण्टा समडमा होल्ड गराएको प्रहरीले सोमबार तीन घण्टा होल्ड गराएको थियो । आजभने चार घण्टा होल्ड गराउन सक्ने समेत प्रहरीले जनाएको छ ।