Logo

पुटिनको कोरोना टेष्ट



एजेन्सी, १८ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण भएको छ । उनले गत हप्ता भेटेका एकजना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट आएपछि परीक्षण भएको जनाइएको छ ।

रुसी समाचार संस्था तासले क्रेमलिनका प्रवक्ता डिभिट्री पेस्कोभको भनाई उदृत गर्दै परीक्षणको पुष्टि गरेको हो । यसलाई नियमित रुपमा गरिएको परीक्षण अन्र्तगत भनिएको छ । पेस्कोभले भनेका छन्, ‘उहाँले नियमित चेकजाँच गर्नुभएको हो र सबै ठिक छ ।’

गत हप्ता पुटिनले भेटेका कोरोना भाइरससम्बन्धी फिजिसियन डेनिस प्रोटसेन्कोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले गत हप्ता प्रोटसेन्कोलाई भेटेर कोरोनासम्बन्धी उपचारबारे जानकारी लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot