Logo

अमेरिकी राजदूत बेरीले दिए धन्यवाद



काठमाडौँ, २० चैत । नेपालबाट अमेरिकी नागरिकको उद्धार गरी स्वदेश फर्काउन राम्रो पहल गरेको भन्दै नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपाललाई धन्यवाद दिएको छ ।

नेपालमा रहेका ३०२ अमेरिकी नागरिकलाई मङ्गलबार अमेरिका पठाएलगत्तै उनले नेपाल सरकार लगायत विभिन्न निकायलाई धन्यवाद व्यक्त गरेको छ । “अमेरिकी नागरिकलाई फर्कने काममा सहयोग सद्भाव राख्नुहुने तपाईंहरू सबैलाई हाम्रो धेरै धेरै धन्यवाद,” उनले ट्विटर र भिडियो सन्देशमा भनिएको छ । आतिथ्य सत्कारको महत्वपूर्ण उदाहरण नेपालले प्रस्तुत गरेको भन्दै उनले परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नागरिक उड्डयन प्राधिकरण लगायतको सराहना गरेका छन् ।

अलपत्र परेका पर्यटकलाई खाना खुवाउने व्यवसायी, सहयोग गर्ने गाइड समेतको उनले प्रशंसा गरे । नेपाल र अमेरिकाको ७० वर्षे सम्बन्धको यात्रामा यसपटकको सहयोगले सहकार्यको जग झन् बलियो बनाएको अभिव्यक्ति राजदूत बेरीले भिडियो सन्देशमा दिएको छ । अहिले घर फर्केर गए पनि पर्यटकका रूपमा पुनः नेपाल आउने विश्वास उनले व्यक्त गरेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्