Logo

वैदेशिक रोजगारीमा जान नपाएकालाई सहुलियत कर्जा



काठमाडौं, चैत २० । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जान नपाएकालाई सरकारले सहुलियत कर्जा दिने भएको छ। कोरोना महामारी रोकिएलगत्तै उनीहरूले उद्यम व्यवसाय गर्न चाहेमा सहजै सहुलियत कर्जा पाउने भएका हुन्। प्रक्रिया पूरा गरेको सात दिनभित्र जुनसुकै बैंकबाट कर्जा पाउने सरकारले घोषणा गरेको छ।

श्रम स्वृकिति पाएर पनि विदेश जान नपाएका ४५ हजारभन्दा बढी छन्। सरकारले उनीहरूलाई राहत दिन कर्जामा सहज व्यवस्था गरेको हो। वैदेशिक रोजगारीबाट फर्केकालाई बिनाधितो दश लाखसम्म सहुलियत कर्जा दिने सरकारको नीति रहे पनि युवाले कर्जा पाउन सकेका छैनन्। झन्डै १९ हजारले उद्यम गर्न चाहे पनि बैंकबाट कर्जा पाउन सकेका छैनन्।

सरकारले विशेष कडाइ नगर्दा सम्म विदेश जान नपाएकाले पनि सहुलियत कर्जा पाउन सक्नेमा आश्वस्त छैनन्। सरकारले गत वर्षदेखि घोषणा गरेको वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा दिन थालेको हो। तर, अहिलेसम्म सय जनाले पनि ऋण पाउन सकेका छैनन्।

सहुलियत ऋणका साथै सरकारले कोरोनाका कारण विदेश जान नपाएकालाई स्वेदेशमै रोजगारी दिने निर्णय गरेको छ। विदेश जान नपाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिने सरकारको तयारी छ।अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्

Screenshot