Logo

एउटै विमानबाट देश फर्किएका तीन नेपाली संक्रमित



काठमाडौं, २० चैत्र । नेपालमा कोरोना भाइरसको संक्रमित तीनजना एउटै विमानबाट फर्केकाहरु रहेका छन् । ४ चैत्रमा कतारबाट काठमाडौं आएको कतार एयरवेजको क्युआर ६५२ मा यात्रा गरेकाहरुमध्ये तीनजना संक्रमित भेटिइसकेका छन् ।

भाइरसको संक्रमित छैठौं व्यक्ति बाग्लुङ घर भएकी महिला हुन् । उनी उपत्यकाबाहिर नै छिन् । उनीसहित तीनैजना महिला ४ चैत्रमा काठमाडौं आएको कतार एयरवेजको सोही विमानमा यात्रा गरेकाहरु हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीजना संक्रमित ४ चैत्रमा नेपाल आएको कतार एयरवेजको विमानबाट आएकाहरु रहेको बताए ।

यसअघि नेपालकी पाचौं संक्रमित किशोरी पनि ४ चैत्रमा बेल्जियमबाट कतार हुँदै काठमाडौं फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका थिए । उनी पनि कतार एयरवेजको क्युआर- ६५२ विमानबाट काठमाडौं फर्किएकी हुन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी पनि फ्रान्सबाट कतार हुँदै काठमाडौं फर्किएकी थिइन् । उनी पनि कतार एयरवेजको क्युआर-६५२ विमानबाट आएकी हुन् । एउटै विमानबाट आएका तीनजना संक्रमित भेटिएपछि सोही विमानमा यात्रा गर्नेहरुमाथि सरकारले चासो बढाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot